अमेरिकी गायिका तथा गीतकार जेसिका लिन नेपाली कलाकारसँग विशेष सांगीतिक सहकार्य र प्रत्यक्ष प्रस्तुति दिन नेपाल आउने भएकी छन्।
अमेरिकी दूतावासका अनुसार लिन ‘आट्र्स एन्ड म्युजिक एन्भोय प्रोग्राम’ अन्तर्गत नेपाल आउन लागेकी हुन्। नेपाल भ्रमणका क्रममा उनले नेपाली कलाकारसँग एउटै मञ्चमा प्रस्तुति दिनेछिन्।
कार्यक्रममा लिनको विशेष पहिचान बनेको कन्ट्री–रक संगीतलाई नेपालको समृद्ध सांगीतिक परम्परासँग संयोजन गरिने दूतावासले जनाएको छ।
व्यावसायिक अनुभव आदानप्रदान र प्रत्यक्ष सांगीतिक प्रस्तुतिलाई जोड्ने उक्त कार्यक्रमले नेपालको विस्तार हुँदै गएको सिर्जनात्मक अर्थतन्त्रलाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ। साथै, यसले नेपाली तथा अमेरिकी कलाकारबीच सहकार्यलाई बलियो बनाउँदै दुई देशबीच अर्थपूर्ण व्यावसायिक सम्बन्ध निर्माणमा योगदान गर्ने दूतावासको भनाइ छ।
कार्यक्रममा सहभागी हुन इच्छुकले निःशुल्क दर्ता गर्न सक्नेछन्। दर्ता प्रक्रिया, कार्यक्रमको मिति, स्थान तथा कन्सर्टसम्बन्धी विस्तृत जानकारी पछि सार्वजनिक गरिने दूतावासले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij