आधारभूत स्वास्थ्य सेवाअन्तर्गत स्थानीय तह मातहतका स्वास्थ्य संस्थाबाट निःशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबै स्थानीय तहलाई निर्देशन दिएको छ।
मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित व्यवस्थापनसम्बन्धी विवरण देशभरका स्थानीय तहमा पठाएको जनाएको छ।
मन्त्रालयका अनुसार स्वास्थ्य संस्थाबाट निःशुल्क औषधि वितरणलाई प्रभावकारी बनाउने तथा वर्षभरि आवश्यक औषधिको अभाव हुन नदिन सम्बन्धित स्थानीय तहले आफ्नो जिम्मेवारीअनुसार औषधि तथा औषधिजन्य सामग्रीको व्यवस्थापन गर्नुपर्नेछ।
परिपत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक विभिन्न औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूचीसमेत उपलब्ध गराइएको छ। सूचीमा विभिन्न रोग उपचारका औषधिका साथै स्वास्थ्य संस्थामा प्रयोग हुने आवश्यक मेडिकल सामग्री पनि समावेश गरिएको छ।
मन्त्रालयले स्थानीय तहलाई स्वास्थ्य संस्थामा आवश्यक औषधिको पर्याप्त मौज्दात, सुरक्षित भण्डारण तथा निःशुल्क वितरण व्यवस्थालाई व्यवस्थित र प्रभावकारी बनाउन आग्रह गरेको छ। यस कदमले नागरिकलाई आधारभूत स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क औषधिको पहुँच सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij