Oct 12 2026 | २०८३, आश्विन २६ गते

Oct 12 2026 | २०८३, आश्विन २६ गते

रास्वपाले टुंग्यायो विभिन्न विभागका प्रमुख, प्रवक्तामा जगदीश खरेल

रास्वपाले टुंग्यायो विभिन्न विभागका प्रमुख, प्रवक्तामा जगदीश खरेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न विभागका प्रमुखहरूको नाम टुंगो लगाएको छ।

शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने र अर्थ विभाग प्रमुखमा लिमा अधिकारीलाई मनोनीत गरेको एक नेताले जानकारी दिए।

यस्तै, रास्वपाको प्रवक्तामा ललितपुरका जगदीश खरेल मनोनीत भएका छन्।

बैठकले सार्वजनिक सेवा तथा जनगुनासो विभाग प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की, पूर्वाधार विभागमा निशा डाँगी तथा अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभाग प्रमुखमा शिशिर खनाललाई जिम्मेवारी दिएको छ।

पार्टीले संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले विभिन्न विभागमा जिम्मेवारी बाँडफाँट गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार