नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ७ सप्तमी (३ भाद्र २०८३, १९ अगष्ठ २०२६) बुधबार, बाँपिझ्याला । राष्ट्रियसभाले ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।
राष्ट्रियसभाको बुधबार बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तावमाथि बैठकले सर्वसम्मत स्वीकृति जनाउँदै विधेयकलाई समितिमा पठाएको हो।
यसअघि बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नको उत्तर टेबुल गरिएको थियो। परराष्ट्र मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नको उत्तर मन्त्री शिशिर खनाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर मन्त्री सोविता गौतम तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर मन्त्री खडक राज पौडेलले टेबुल गर्नुभएको थियो।
राष्ट्रियसभाको अर्को बैठक भदौ ५ गते दिउँसो १ः१५ बजे बस्ने कार्यतालिका रहेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij