
२३ बैशाख, बाँपिझ्याला, काठमाण्डौं । केकी अधिकारी स्टारर ‘बोक्सीको घर’ ले दोस्रो सप्ताहन्तमा डेढ करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको छ । वितरण कम्पनी डीसीएन र टी–फोकले दोस्रो शुक्रबार र शनिबारको ग्रस कलेक्सन सार्वजनिक गरेका हुन् ।
पहिलो साता फिल्मले ६ करोड ५ लाख ग्रस कमाएको ती वितरण कम्पनीले जनाएका थिए । जसअनुसार नौ दिनसम्म फिल्मको कुल कमाइ ७ करोड ५५ लाख रुपैयाँ ग्रस रहेको वितरक अशोक शर्माले बताए ।
यो कमाइसँगै ‘बोक्सीको घर’ महिलाको शीर्ष भूमिका रहेको धेरै कमाउने फिल्म समेत बनेको छ । दोस्रो शनिबार काठमाडौंसहित मुख्य सहरमा फिल्मले आक्रामक कमाइ गरेको थियो । दोस्रो शनिबार फिल्मले एक करोड कमाएको हिसाब डीसीएनले पेश गरेको छ ।
उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’को आधिकारिक हिसाब वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टले सार्वजनिक गरेको छैन । यो फिल्मले पहिलो सप्ताहन्त सुखद कमाइ गरेको छ । तर फिल्मले अपेक्षाकृत ओपनिङ चाहिं गर्न सकेन ।
काठमाडौं र पश्चिम नेपालभन्दा पूर्वी सहरमा ‘मनसरा’को कमाइ राम्रो छ । छायाकार शैलेन्द्रध्वज कार्कीले निर्माण गरेको यो फिल्ममा प्रवीण खतिवडा, मिरुना मगर, मेनुका प्रधान र दयाहाङ राईको मुख्य भूमिका छ ।



केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij