
९ माघ, बाँपिझ्याला, काठमाण्डौं । परम्परागत पेसाका रूपमा चार पाँच वटा भैँसी पालेर गुजारा नचलेपछि दाङको राजपुर गाउँपालिका–४ का टीकाराम यादव आठ वर्षपहिले राम्रो कमाइको आसमा साउदी पुगेको थियो । तर सोचेजस्तो आम्दानी हुन नसकेपछि स्वदेश फर्केर त्यही परम्परागत पेशालाई व्यावसायिक रूप दिएर सन्तुष्ट हुने गरी कमाउनु भएको छ ।
साउदीमा एक वर्ष इलेक्ट्रोनिक कम्पनीमा काम गर्नुभएका यादवले महिनामा ६०–७० हजारभन्दा बढी कमाइ गर्न सक्नुभएन र लगत्तै देश फिर्नुभयो । अहिले सानाठुला गरेर ७२ वटा भैँसी पाल्नुभएका उहाँले दुध र दही बिक्री गरेर २३ सदस्य परिवारका लागि खर्च जुटाउने मात्र होइन, बचत गरेर जग्गासमेत किनिसकेको बताउनुहुन्छ ।

यादव भन्नुहुन्छ, “७२ भैँसीमध्ये १७ वटा भैँसीले दुध दिन्छन् । दैनिक करिब ६० देखि ७० लिटरसम्म दुध बिक्री गर्छु ।” घरमा भैँसीसम्बन्धी सबै काम आफूले गर्ने र भाइ टेकबहादुर यादवले लमही बजारसम्म पु¥याएर दुध बिक्री गर्नुहुन्छ । “विदेशमा अर्काको अधीनमा बसेर काम गर्दाभन्दा आफ्नै ठाउँमा घरपरिवारसँगै बसेर भैँसीपालन गर्दा राम्रो आम्दानीसँगै सन्तुष्ट छु,” उहाँले भन्नुभयो ।
दुध बिक्री गरेर भएको आम्दानीको आधा रकम भैँसीका लागि दाना, घाँस र औषधीमा लाग्ने गरे पनि बाँकी रकम भने नाफा हुने गरेको उहाँ बताउनुहुन्छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij