
बाँपीझ्याला, काठमाण्डौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार, बजारमा आज नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी १३० रुपैयाँ तोकिएको छ।
लोकल सानो गोलभेँडा ७५ रुपैयाँ प्रतिकेजी रहेको छ। रातो आलुको मूल्य स्थिर ५० रुपैयाँ र भारतीय सुकेको प्याज प्रतिकेजी ६० रुपैयाँ रहेको छ। आज स्थानीय काउली प्रतिकेजी १०० रुपैयाँ पुगेको छ।
त्यस्तै, कन्य च्याउको मूल्य प्रतिकेजी १८० रुपैयाँ रहेको छ। डल्ले च्याउको मूल्य ३५० रुपैयाँमा विक्रि भएको छ। गाजरको मूल्य प्रतिकेजी २० रुपैयाँले बढेर आएको छ। गाजर प्रतिकेजी ११० रुपैयाँ पुगेको छ।

घिउ सिमी लोकल ११०, भन्टा लाम्चो ६०, मकै बोडी ८०, भटमासकोशा ९० रुपैयाँ तोकिएको छ। तितो करेला ६०, लौका ७०, परवल ७०, घिरौला ५०, फर्सी पाकेको ५०, काँक्रो लोकल ६०, भिण्डि ८०, स्कूस ७०, प्याज हरियो १३०, रायो साग ११०, कुरीलो ५५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ।
त्यस्तै, केरा दर्जनको १३० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य हिजोको तुलनामा स्थिर प्रतिकेजी ३५० नै कायम छ। कागती १५०, अनार प्रतिकेजी २८० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ । साथै, तरबुजा हरियो ७०, मौसम १२०, कालो अंगुर ४०० र नासपाति लोकल ७० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij