
बाँपीझ्याला, काठमाण्डौं । चितवनको भरतपुर १६ मा तरकारी खेती गर्ने धनु अधिकारी अहिले गोलभेंडा प्रतिकेजी ७ रुपैयाँमा बेच्दैछिन् । राम्रो मूल्य पाएको दिनमा १० रुपैयाँसम्म पाउँछिन् । तर एक केजी गोलभेंडा उत्पादन गर्न १८ रुपैयाँ खर्च भएको उनको हिसाब छ, जसमा जग्गा भाडा, खनजोत, टनेल, मल, बीउ, विरुवा उत्पादन, सिँचाइ, विषादीदेखि ज्यालासम्म पर्छ । आफ्नो मिहिनेतको त हिसाबै छैन ।

धनुका अनुसार एक महिनायता गोलभेंडाको मूल्य हरेक दिन घट्दो क्रममा छ । निरन्तर मूल्य घटेपछि उनी छटपटिएकी छिन् । गोलभेंडा मात्र होइन, अरु तरकारीले पनि उचित मूल्य पाएको छैन । धनुले यसपाली काउली र गाजर पनि उब्जिएकी छिन् । ‘मैले १५ देखि २० रुपैयाँ किलोमा गाजर बेचेको छु,’ धनुले आक्रोश पोखिन् ‘काठमाडौंमा उपभोक्ताले कतिमा किनेका छन् ?’

चितवनमा किसानले ७ रुपैयाँमा बचेको गोलभेडाको औसत थोक मूल्य काठमाडौंको कालिमाटी बजारमा २२ रुपैयाँ प्रतिकिलो छ । शहरका खुद्रा पसलमा त ६० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । सरकारले पनि कुनै हस्तक्षेप गर्न सकेको छैन ।
भारतबाट सस्तैमा तरकारी आएको भन्दै व्यापारीहरुले नेपाली किसानको तरकारी किन्नै आनाकानी गर्ने गरेको गुनासो गर्छन्, चितवनका अनुप सुवेदी । ‘भारतबाट ५ रुपैयाँ किलोमा गोलभेंडा आएको भन्दै हाम्रो किन्दैनन्’, सुवेदीले भने ‘अब कहाँ गएर आफ्नो उत्पादन बिक्री गर्ने ? हाम्रो लगानीको बजार खोइ ?’
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij