
१४ पुस, बाँपीझ्याला, काठमाडौँ । पूर्वी पहाडी जिल्लामा उत्पादन हुने सुन्तलाले यो वर्ष बजार भाउ पाएको छ । मूल्य वृद्धिसँगै गत वर्ष औसत १ सय १० रुपैयाँमा बिक्री भएको सुन्तला यस वर्ष औसत १ सय २५ रुपैयाँ प्रति केजी पुगेको छ । पूर्वी पहाडी जिल्लामा उत्पादन हुने सुन्तला धरानस्थित कृषि बजारबाट दैनिक ४५ देखि ५५ मेट्रीक टन कारोबार भइरहेको छ ।
गत आर्थिक वर्षको मंसिर मसान्तसम्ममा १ हजार ५ सय ५० मेट्रिक टन (औसत १७ करोड रुपैयाँ बराबर) को कारोबार भएको सुन्तला चालू आर्थिक वर्षको हालसम्म औसत प्रति केजी ११० रुपैयाँले १ हजार ६८० मेट्रिक टन (करिब २१ करोड रुपैयाँको कारोबार) भएको छ ।

धरान कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार कात्तिकबाट सुरु भएको सुन्तलाको कारोबार चैतको पहिलो सातासम्म हुने गर्छ । सुन्तलाको मुख्य सिजन पुस माघ हो । यस वर्षको सुन्तला गत वर्षकै हाराहारीमा करिब ५ हजार ५ सय मेट्रिक टन (६८ करोड रुपैयाँ बराबर) कारोबार हुने अनुमान गरिएको छ ।
धरानस्थित कृषि बजारबाट प्रदेश १ का सहरहरु इटहरी, विराटनगर, दमक, विर्तामोड जाने गरेको छ भने मधेस प्रदेशका राजविराज, लहान, जनकपुरलगायतका शहरमा जाने गरेको छ । कोसी करिडोरमा पर्ने धनकुटा जिल्लाका बुधुक, बोधे, खोकुका साथै भोजपुर, तेह्रथुम, खोटाङ, सङ्खुवासभा जिल्लाबाट दैनिक सुन्तला आउने गरेको छ ।
कृषि बजार व्यवस्थापक भट्टराईका अनुसार कहिलेकाही गोर्खा र कास्की जिल्लाका सुन्तला समेत आउने गरेका छन् । कृषकहरुको सिधा सम्पर्कमा आउने सुन्तला हाल व्यावसायिक एजेन्टमार्फत आउने गरेको छ ।
बोटमै पुगेर व्यापारीहरुले ठेक्का लिने भएकाले दैनिक ३० गाडीभन्दा बढी व्यापारीमार्फत सुन्तला आउने गरेको मुख्य थोक व्यवसायी टिकाराम श्रेष्ठ बताउँछन् । स्वादका दृष्टिले धनकुटाको खोकु क्षेत्रका सुन्तला राम्रो मानिन्छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij