बाँपीझ्याला, काठमाडौँ । अन्तर्राष्ट्रिय किसान आन्दोलनको विश्वव्यापी नेतृत्वको स्थायी समितिको बैठक यही मङ्सिर २६ गतेदेखि पुस २ गतेसम्म नेपालमा हुने भएको छ । ललितपुरको गोदावरीमा हुने बैठकमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्कालगायत ८० राष्ट्रका किसान सङ्गठनका नेतृत्व तथा प्रतिनिधिको सहभागिता रहनेछ । उक्त आन्दोलन अन्तर्गत प्रगतिशील वामपन्थी, खाद्य सम्प्रभुता पक्षधर राष्ट्रको सञ्जाल विश्वव्यापी रुपमा विस्तार गरिएको छ ।
विश्वका अधिकांश मुलुकलाई समेट्ने गरी किसान सङ्गठनलाई क्षेत्रीय विभाजन गरिएको छ । दक्षिण एसिया, दक्षिण पूर्वी एशिया, मध्य पूर्वी एशिया, युरोप, उत्तर अमेरिका, मध्य अमेरिका, दक्षिण अमेरिका, पश्चिम अफ्रिका, मध्य अफ्रिका, दक्षिण अफ्रिका, उत्तर अफ्रिकाका किसान सङ्गठनका नेताहरूले बैठकमा कोभिडपछि अन्तर्राष्ट्रिय तहमा देखा परेको आर्थिक मन्दीले बढेको खाद्य सङ्कट, गरिबी, भोकमरीका विषयमा छलफल गर्ने कार्यक्रम छ ।
जलवायु परिवर्तनका कारण कृषि क्षेत्रका उत्पादन र उत्पादकत्वमा आएको कमी, शक्ति राष्ट्रहरूबीच चलेको युद्धले कृषि क्षेत्रमा देखापरेको असर, जनताका खाद्य सम्प्रभुता अधिकार सुनिश्चित गर्ने, किसानको जीवन र जिविकामा सुधार ल्याउन उनीहरूको आर्थिक रुपान्तरणका विषयमा बैठकमा गहन छलफल गरिनेछ ।
नेपालका तर्फबाट नेकपा (एस) निकट अखिल नेपाल किसान महासङ्घले प्रतिनिधित्व गर्ने बैठकमा खाद्य सम्प्रभुता लागू गर्न देखापरेका चुनौतीबारे छलफल हुनेछ । अखिल नेपाल किसान महासङ्घका महासचिव प्रमेश पोखरेलले सन् १९९३ मा बेल्जियमबाट सुरु भएको लाभिया क्याम्पेसियनको नेपालले सदस्यता प्राप्त गरेको २० वर्षपछि पहिलोपटक नेपालमा यस्तो बैठक बस्न लागेको जानकारी दिए । उक्त बैठकमा सन् २०२३ मा ल्याटिन अमेरिकाको निकरागुवामा हुने आठौँ सम्मेलनको प्रतिनिधि छनोट हुनेछ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij