Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

मङ्सिरको दोस्रो साता ३० हजार मेट्रिक टन रासायनिक मल मल नेपाल आउने

मङ्सिरको दोस्रो साता ३० हजार मेट्रिक टन रासायनिक मल मल नेपाल आउने

०५ मंसिर, बाँपीझ्याला, काठमाडौं । नेपाल भारत सरकारी स्तरमा भएको संझौताअनुसार मङ्सिर दोस्रो सातादेखि ३० हजार मेट्रिक टन रासायनिक मल नेपाल आउने भएको छ । उक्त मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तीन अर्ब २६ करोड रुपैयाँ पठाइसकेको जनाएको छ ।

गत वर्ष फागुनमा सम्पन्न जीटुजी खरिद संझौताअनुसार यो वर्ष १ लाख मेट्रिक टन युरिया र ५० हजार टन डिएपी नेपालले खरिद गर्न पाउने छ । संझौताभएको १० महिनापछि बल्ल २० प्रतिशत मल नेपाल आयात हुन लागेको हो ।

जीटुजीमार्फत दोस्रो वर्षमा एक लाख ७० हजार मेट्रिक टन, तेस्रो वर्षमा एक लाख ९५ हजार मेट्रिक टन, चौथो तथा पाँचौँ वर्षमा दुई लाख १० हजार मेट्रिक टन रासायनिक मल उपलब्ध गराउने सम्झौता भएको थियो। तर अहिले आउन लागेको मलले यसपालीको हिउँदे वालीमा मात्र पुग्ने छ ।

यो वर्षका लागि सरकारले विभिन्न पटक गरेर ३१ अर्ब रुपैयाँ रासायनिक मल खरिदका लागि बजेट विनियोजना गरेको छ । यसबाट करिव ३ लाख २५ हजार टन मल खरिद गर्न पुग्छ । तर समयमै पहल नहुँदा किसानले चाहिएको समयमा मल पाउन सकिरहेका छैनन् । अहिले कृषि सामग्री कम्पनी लिमिटेडसँग ५७ हजार ४१० मेट्रिक टन र साल्ट टे«डिङ कर्पोरेसनसँग १९ हजार ७१५ मेट्रिक टन रासायनिक मल मौज्दात छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार