
सन्दर्भ गोकर्ण औँसी, कुसे औंसी भनूँ या बाउको मुख हेर्ने दिन भनूँ, आजको दिन श्रद्धेय, आदरणीय, पूजनीय, सम्माननीय बा, पिता, बुबालाई आत्मैदेखि श्रद्धा गरेर सम्मान गर्ने दिन । विशेषगरि बिहे गरि दिएर पराइ घर पठाएका छोरीले आफ्नो जन्मदाता बुबालाई भेट्न बनाएको अविस्मरणीय दिन । पहिले पहिले सवारी साधनको अभाव हुँदा धेरै नै टाढा रहेका बा आमालाई भेट्न छोरीहरूलाई निकै कष्टकर हुन्थ्यो, माइतमा के कस्तो भैरहेको छ भनेर बुझ्न पनि महिनौ लाग्थ्यो ।
अहिलेको जस्तो हात हातमा मोबाइल हुँदैनथ्यो, हुलाक सेवाको भरमा माइतको हालचाल बुझ्नुपर्ने त्योपनि महिनौं लगाएर । त्यसमा पनि सासू, ससूरो, नन्द, जेठानी, देवरानी, जेठाजू र देवरको मनमा दया पलाए मात्रै खबर पाइने हाम्रो जस्तो संकीर्ण सोचको समाज । आपूmले जन्माएको छोरी मात्रै आफ्नो लाग्ने, बुहारी भनेको टाढाको साइनो जस्तो सोच्ने मानसिकताले गाँजिएको धुर्त समाजमा परेकी चेलीको लागि आजको दिन एक किसिमले बिना अपराधको कैदी जीवनबाट मुक्त ह«ने अवसर जस्तो पनि लाग्दो हो ।
पतिको घरमा जे जस्तो अवहेलना खपेर भएपनि भाग्यलाई दोष दिएर जिउनुपर्ने चेलीको कर्म । फेरि उही चेलीको मर्म नबुझिकन जे जस्तो परेपनि सहनै पर्छ भनेर ढाडस दिने माइती खलक । यसो हेर्दा लाग्छ आजको दिन माइतमा आएर मनको भारी बिसाएर, आँसु लुकाएर, पीर वेदनालाई मुटुभित्रै गुम्साएरै बाबुआमाको आशिर्वाद थापेर माइतमा रमाउने मन हुँदो हो कतिपय नारीहरूको ।

आजको दिनलाई विशेष गरेर आफ्नो जन्मदाता पिताज्यूलाई सम्मान गर्ने र आदर प्रकट गर्ने रुपमा मान्दै आएको भएपनि हाम्रो समाजको छत्रछायामा कतै कतै अशोभनीय व्यवहार पनि भएको पाइन्छ । जस्तो कि एकै पेटबाट जायजन्म भएकी छोरी नै भएपनि हुने र नहुने बीचमा फरक मतान्तर हुनु दुःख लाग्दो कुरा हो । बाबुले सम्पत्ति दिँदाखेरि र नदिँदाखेरि गरिने असमान व्यवहारले गर्दा कतिपय बुबाहरूको मन चिसिएको हुन्छ ।
त्यो कुरा ती छोरीहरूले बुझ्न जरुरी छ कि मैले यो जगत संसार देखें, सांसारिक मायाजाल चिनें, विचित्रको दुनियाँमा रम्न र जम्न पाएँ भनेर महशुस गर्न सक्नुपर्छ । फेरि बाबु बनेका अभिभावकले पनि आपूmले जन्माएको छोरीको अवस्थालाई बुझेर व्यवहार गर्न जान्नुपर्छ । पराइ घरमा पाइलो टेकेर अलग्गै संसारमा घुलमिल गरिरहेकी छोरकिो मनोदशा के कस्तो छ अनुगमन गर्न कोशिस गर्नु पर्छ, आफ्नो क्षमता भन्दा माथिल्लो स्तरको सम्धीसम्धिनी परेको खण्डमा छोरीमाथि कस्तो व्यवहार भैरहेको छ भनेर निगरानी राख्नुपर्छ । जस्तोसुकै अवस्थामा रहेपनि छोरीको जातले ती कुरालाई मनन गर्नैपर्छ भनेर गलहत्याउनु अनुचित हो ।
जन्मघरमा बाबुको मुख हेर्न आएर एक थोक सौगात र एक छाक मीठो खाना दिएर मात्रै बाबु सँधै खुशी होलान् भन्ने सोच्नु उपयुक्त नहोला, माइती पक्षका दाजुभाइ भाउजू बुहारकिो कारणले कतै बाबुको मन निस्सासिएको पो छ कि ? न कतै निर्बलपनको कारणले चोटलाई धुआँसंगै उडाइरहेको पो छ कि ? यस्ता कुराले पनि मनमा वितृष्णा पैदा हुनु अस्वभाविक होइन ।

अनि बुहारी हुनेहरू पनि त अर्को कुनै घरकी छोरी हुन् नि त, आपूm चाहिँ तामझाम गरेर लोग्नेलाई फकाइ फुल्याइ मायत जानुपर्ने रे अनि आफ्नै लोग्नेका दिदीबहिनी माइत आउँदा चाहिँ टेडो नजरले हेरेर झर्कि र फर्कि गर्ने गर्दा मानवीय व्यहोराको उल्टो हुनजान्छ । अर्को कुरा सासू हुनेले बुहारीलाई माइत जान नदिन अनेक प्रपञ्च रच्ने तर आफ्ना चेलीहरू आउँदा चाहिँ भूइँमा खुट्रटा नै नराख्ने बानीले पनि सामाजिक रुपमा अपाच्य हुनजान्छ ।
अब दिवंगत बाबुहरुलाई श्रद्धा गर्नेतर्पm हेर्दा बाचुञ्जेल स्वास्नीको कुरा सुनेर बुबालाई घरको न घाटको गरेर राख्ने छोराले दिवंगत भैसकेपछिको आजको एकदिनलाई बुबा प्रति श्रद्धासुमन भनेर रुद्री होम सिदा दान गरेर पूण्य कमाउने नाटक गर्ने गर्छन् । यो पनि हाम्रो समाजको कतै कतै चलिर्हेको तिक्तता हो । अझ बाटैमा फलाकेर हिँड्छन् पनि, “बुबाको देहान्तपछि संसारै शून्य लागिरहेछ”, भनेर । जब कि बाबु याने कि पिताको मृत्यु हुँदा गरिनुपर्ने किरिया खर्च समेत त्यही बाबुको जेष्ठ नागरिक भत्ता र पेन्सनबाट चलाउन आतुर हुने छोराहरू पनि यो दुनियाँमा नभएका होइनन् ।
जे होस् आजको दिन जीवित तथा दिवंगत दुवै तिरका पिताहरूमा समादर सहित नमन र हार्दिक श्रद्धासुमन । सेवा जति गर्न सकिन्छ ज्यूँदो छँदैमा गरौँ । सुरक्षित र स्वस्थ राखौँ । क्षणिक लोभ र मायाजालको चक्करमा जन्मदाता पिताको मन कहिल्यै नदुखाऔँ । जय पिता दिवस ।
बालकृष्ण श्रेष्ठ “पासा”
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij