दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडन नं. २ ऐतिहासिक शहर दोलखा विकासको प्रचुर सम्भावना भएको स्थान रहेको छ । जसमा कृषि, पर्यटन, साना–उद्योग आदि तर दोलखा शहर क्षेत्र यस दृष्टिकोणले निकै पछाडि रहेको छ । केही संघ–संस्था र व्यक्तिहरूको प्रयासमा केही महत्वपूर्ण संरचनाहरु जस्तै मठ मन्दिर, संग्राहलय, स्कुल आदि निर्माण र पूनर्निर्माण भएकोे छ । यसै गरी करण्डीमा इन्जिनियर क्याम्पस स्थापनाको काम अघि बढिरहेको छ, यस्ता महत्त्वपूर्ण संरचनाको स्थापना र निर्माणबाट ठाउँको विकास दिगो भूमिका खेल्ने कुरा यथार्थ हो । तर समय आर्थिक सामाजिक दिगो विकासका लागि पर्याप्त हुदैन, नयाँ र सकारात्मक सोचका साथ विकास अभियान (म्भखभयिऊभलत क्ष्लष्तष्बतष्खभ) लागू गर्न आवश्यक छ ।
विकास अभियान चलाउन पहिले दोलखाको सामाजिक, साँस्कृतिक तथा आर्थिक अवस्थाको ज्ञान हुन आवश्यक छ । यसरी दोलखाको वस्तुगत अवस्था निम्नलिखित अनुसार औंल्याउन सकिन्छ ।
शिक्षा क्षेत्रः
प्राथमिक उच्च माध्यमिक तहसम्मको शिक्षाको अवस्था प्रयाप्त छ भन्न नसके पनि निकै प्रगति भएको छ । गुणस्तर कमजोर छ सुधारको आवश्यकता छ ।
उच्च प्राविधिक शिक्षाको कमि छ हाल दोलखाको करण्डीमा प्रस्तावित इन्जिनियर क्याम्पस स्थापना भएपछि दोलखामा उच्च तहको इन्जिनियरिङ शिक्षाको कमि हट्ने भएको छ । यो इन्जिनियरिङ क्याम्पसको स्थापना छिटो हुन आवश्यक छ । सीपमूलक शिक्षाको कमि छ । सीपमूलक तालिमको सोच र कार्यक्रम बनाइ लागू गर्न आवश्यक रहेको छ ।
स्वास्थ क्षेत्र :
धुलिखेल अस्पताल र स्वास्थ चौकी दोलखामा नै भएकोले स्वास्थ सेवाको अर्को व्यवस्था गर्न आवश्यक देखिदैन र लायन्स क्लवले आँखा सेवा केन्द्र सञ्चालनमा समेत ल्याएको छ । गरीब र विपन्न वर्गलाई निःशुल्क स्वास्थ उपचार उपलब्ध गराउन प्रयास आवश्यक छ ।
कृषिक्षेत्र :
दोलखाको कृषि क्षेत्र उपेक्षित देखिन्छ । दोलखा कृषि विकासका लागि अति संभावना भएको क्षेत्र हो । प्रशस्त खेतीयोग्य जमिन अनुकूल हावापानी भएकोले कृषि उत्पादकत्व बढाइ अन्नबाली सागसब्जी फलफूल आदि कृषि वस्तुको उत्पादन गरि आम कृषकको जीवनस्तर उकास्न सकिन्छ र कृषि वस्तुमा आत्मनिर्भर हुन सकिन्छ ।
युवा वर्गलाई कृषि कर्ममा रोजगार समेत दिन सकिन्छ । तर यहाँ वर्षको ४ महिनामात्र खेती गरि ८ महिना जग्गा बाँझो रहन्छ । यो परिस्थितिमा परिवर्तन गर्न आवश्यक छ । हालै मैले कृषि सहकारी मार्फत कृषि सेवा केन्द्र स्थापना गरि कृषकहरुलाई विभिन्न सेवा उपलब्ध गराई कृषिलाई उन्नत र विविध गर्ने प्रस्ताव अगि सारेको छु । यो अवधारणालाई लागु गर्नको लागि प्रयास आवश्यक छ । सिंचाइका लागि दीर्घकालीन र अल्पकालीन कार्यक्रम पहिचान गरि लागू गर्ने उपाय खोज्न आवश्यक छ ।
धार्मीक तथा पर्यटन :
प्रसिद्ध दोलखा भीमेश्वर मन्दिर, अगम्य त्रिपुरासुन्दरी मन्दिर, ऐतिहासिक राजकुलेश्वर तलेजु मन्दिर र अन्य महत्व बोकेका मठ मन्दिरले शोभयमान भएको ऐतिहासिक शहर दोलखामा हरेक महिना चल्ने गुठी संचालन र देवी देउताहरुको पूजा गरिने र विभिन्न चाडपर्वसंग जोडिएको पौराणिक साँस्कृतिक चाडपर्वहरु मनाउने गरिन्छ ।
जसमा गुल्लाँ पर्व, यसभित्र गठेमंगलदेखि लाखे नाच, जनैपूर्णीमा, ठुलो लाखे, गाईजात्रा, ट्वाकल प्याखन, रात्रीकालिन भैरव कुमारी जात्रा, कृष्ण जन्माष्टमी आदी पर्दछ । यसै गरी ईन्द्रजात्रा, दशै यस भित्र मौलिक परम्परागत जात्रा फुलपाती बडाई, नवमी दशमी, हिपाथामी जात्रा, खड्गजात्रा, तिहार, चुचुरोटी पर्व धन्यपूर्णीमा, माघे संक्रान्ती, स्वस्थानी ब्रतकथामा माधवनारायणको भजन किर्तन गरी एक महिनासम्म शहर परिक्रमा, फागु होली, चैत्र दशै रामनवमी, रातो मच्छिन्द्रनाथको रथजात्रा रहेको छ ।
यसको साथ साथै दोलखा शहर वरिपरिका प्रकृतिले सू–सजित हरियाली डाँडा, बन जंगल, पाखा पखेराहरुको मनोरम दृश्यमा आफ्नै मोलिकता रहेको पाईन्छ । यसरी दोलखा शहरको बस्तीभन्दा पूर्वमा चम्पूजा पार्क, गौरीशंकर हिमालय शृङ्खला, दक्षिणमा आफ्नै मधुर स्वरमा बगिरहेको तामाकोशी नदीको दृश्य, र नेपालको स्विजरल्याण्डले ख्याती प्राप्त जिरी अनी हनुमन्तेश्वर डाँडाको श्रृखला, पश्चिममा जिल्लाको सदरमुकाम चरिकोट बजार अनी सय थुम्काको नामले प्रशिद्ध पर्यटकिय स्थल शैलुङ र उत्तरमा मञ्जुश्री पार्क अनी ख्याती प्राप्त पर्यटकिय एवं धार्मीक स्थल कालिञ्चोकको मनोरम दृश्यले दोलखा शहरलाई थप सुन्दर र मनमोहक बनाएको छ ।
यसरी आफ्नै मौलिक पृष्ठभूमिका सन्दर्भमा दोलखा शहर क्षेत्र पर्यटन व्यवसायको लागि अति आकर्षक र अनुकूल छ तर पर्यटन उद्योग र व्यवसायको दृष्टिकोणले ठोस केही प्रयास भएको छैन । व्यवसायको दृष्टिकोणले पर्यटकको आगमन भएकै छैन भन्दा फरक नपर्ला । खालि भीमेश्वरको दर्शन गर्ने हेतुले उपत्यकाका लगायत देश भित्र बाहिरका भक्तजनहरु विशेषतः शुक्रबार दोलखा आउने र शनिवार काठमाडौं फर्कने गर्दछन् । अझ कतिपय त बिहान गाडीमा गएर भीमेश्वरको दर्शन गरेर काठमाडौ फर्कने गर्दछन् । यस्ता खाले दर्शनार्थीहरुले दोलखामा फोहर थुपार्ने काममात्र गरेका हुन्छन् । खासै आम्दानी हुदैन ।
त्यसैले दोलखा शहरमा पर्यटक भित्र्याउन आवश्यक छ । वाह्य पर्यटक भित्रिएपछि मात्र स्थानीय होटल लज रेष्टुरेन्टहरुले आम्दानी गर्न सक्छ र रोजगारी बढ्छ र स्थानीय युवाहरूले काम पाउँछन् । सानातिना उद्योग फस्टाउन थाल्छ । कृषि उत्पादनमा माग बढ्दै जान्छ । फलस्वरूप फलफूल, तरकारी, पशु पालनमा पनि तिव्र प्रतिस्पर्धा हुन थाल्छ । त्यसकारण पर्यटकलाई आकर्षित पार्ने खालको काम स्थापित गर्नेबारे नयाँ प्रयास जरुरी छ ।
भाषा, संस्कृति, कला तथा साहित्य :
दोलखा बजार क्षेत्र परम्परा संस्कृतिको हिसाबले धेरै धनी छ । आफ्नै मौलिक नेवारी भाषा छ, यसै गरी गौरवशाली इतिहास छ । यस्तै प्रकारले परम्परागत सांस्कृतिक कार्यहरु चलिरहेको छ । तर कतिपय सांस्कृतिक कार्यहरु लोप भएर गए, कुनै लोपोन्मुख छन् । सामाजिक जीवन भाषा संस्कृति बिना अपुरो र निष्प्राणमय हुन्छन् । अतः नेवारी भाषा संस्कृति र स्थानिय बाजगाजालाई प्रबद्र्धन गर्नुका साथै काठमाडौं, भक्तपुर, पाटनका नेवार जातीले प्रयोगमा ल्याई रहेकोे सांस्कृतिक बाजागाजा, भजन, संगीत र नाच पनि भित्र्याएर आवश्यक रहेको छ ।
उपेन्द्र प्रधानले २०५६ सालदेखि दोलखाको नेवारी भाषाको पत्रिका बाँपीझ्याला मासिकलाई आज विश्वमा बसोबास गर्ने दोलखाली दाजुभाई, दिदीबहीनी र नेपालीहरुको सूचनाको स्रोतको रुपमा बाँपीझ्याला डटकम अनलाईन पत्रीका संचालनमा ल्याउनु भएको छ । यसै गरी २०६९ साल साउनमा वहाँकै सम्पादनमा “द्वाल्खा नेपाल भाषाय खँकुठी” नाम दिएर नेपाली दोलखाको नेवारी र अंग्रेजी भाषामा शब्दकोष निकाल्नु भएको छ ।
यसै गरी दोलखाको नेवारी भाषा, संस्कृति र नेवारी सभ्यताको विषयमा अध्ययन गरि रहनुभएको शान्तकृष्ण श्रेष्ठ नेवारी भाषाको उद्गम स्थल दोलखा हो भन्ने बिचार राख्नुहुन्छ । यो अत्यन्तै महत्वपूर्ण कार्य हो । यस्ता महत्वपूर्ण ऐतिहासिकता प्राप्त हुने कार्यको हामीले कदर गर्नु पर्छ ।
यस विषयमा अध्ययन अनुसन्धानमा अभियान चलाई अन्तिम निस्कर्षमा पुग्नुपर्दछ । यसरी भाषा, संस्कृतीमा लागि परिरहेका अभियान्ताहरुलाई सहयोग गर्नु हामी सम्पूर्ण दोलखावासीहरुको जिम्मेवारी र दायित्व रहेको छ भने स्थानिय निकायले यसलाई प्रर्बद्धनको लागि योजना बनाएर अगाडी जानु पर्छ । यस्तै दोलखा साहित्यको हिसाबले गरीब समुदायमा पर्दछ भन्नमा गलत नहोला अमर कुमार प्रधानले साहित्य क्षेत्रमा काम गर्दै आउनु भएको छ । साहित्य क्षेत्रमा के कस्ता प्रतिभाहरु छन् पहिचान गरेर यस क्षेत्रलाई मजबुत बनाउन नयाँ सोचको आवश्यक छ ।
खेलकुदः
दोलखा खेलकुदको दृष्टिकोणले शून्य नै भन्दा फरक नपर्ला, खेलकुद पनि मानिसको जीवनमा अत्यावश्यक विधा हो । यसको अति नै महत्व हुन्छ, संसारभरका हरेक मुलुकले खेलकुदलाई महत्व दिंदै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु तयार गर्न निकै ठूलो बजेट खर्च गर्ने गरेका छन् । दोलखा जिल्ला नै खेलकुदमा पछाडि परेको छ । दोलखा शहर क्षेत्रका युवालाई खेलकुदमा अग्रसर हुन प्रोत्साहन गरि प्रशिक्षण सञ्चालन गरि राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न आवश्यक छ । यो खेल क्षेत्रमा के गर्न सकिन्छ सोच्नुपर्ने आजको आवश्यकता रहेको छ ।
शहरीकरण र बस्तीको बिकास :
कुनै पनि ठाउँको समग्र विकास हुन त्यस ठाउँको जनसंख्यामा भर पर्दछ । जनसंख्याले उद्योग, व्यापार, कला, साहित्य, कृषि व्यवसाय र पर्यटन व्यवसाय आदिमा असर पार्दछ । ठूलो जनसंख्याले ठूलै खाले व्यवसाय बढाउन सकारात्मक भूमिका खेल्दछ । दोलखा शहर क्षेत्र सानो जनसंख्याको परिधिभित्र सिमित छ । बस्ती बढ्न सकेको छैन, भएको युवा वर्ग पनि बाहिरिने हुँदा दोलखामा बसोबास गर्ने जनसंख्या खुम्चिदै गएको छ । यो एक दोलखाको नकारात्मक अवस्था रहेको छ । अब दोलखा बजार क्षेत्रमा नयाँ बस्ती बिकासको लागि सबल सोच राख्न आवश्यक रहेको छ ।
महिला फाँट :
दोलखाको समुदायको मध्यम वर्गीय धेरैजसो महिला गृहिणीको रुपमा सिमित भएर बसेका छन् । थोरै महिलामात्र विभिन्न पेशामा कृयाशिल रहेका छन् । युवा पिंढीका नव युवतीहरू शिक्षा आर्जनमा देशभित्र र विदेशमा छन् । विदेशिएका युवायुवतीहरु आफ्नो देश फर्कने कम मात्र संभावना छ । यस्ता विभिन्न अवस्थाले गर्दा समुदायको अधिकांश महिलाहरु न उत्पादनमूलक काममा अग्रसर छन् न त राजनीतिक तथा समाजको काममा संलग्न छन् । समाजको आधा हिस्सा ओगटेको महिला जमात प्रायः जसो महिलालाई शिक्षा, तालिम, चेतनामूलक राजनैनिक क्रियाकलापमा सकृय गराउँदै अघि नबढाए दोलखा समाज उन्नत र विकास हुन सक्दैन भन्दा फरक पर्दैन ।
दोलखाका समुदायले महिलालाई घर चुल्होबाट बाहिर ल्याई महिला जागरण गराउन इमान्दारीसाथ सोच्नेमात्र होइन विभिन्न कार्यक्रम लागू गर्न आवश्यक रहेको छ ।
उद्योग :
दोलखामा हाल उद्योग फाँट शून्य नै छ । उद्योग स्थापनाबाट उत्पादन बढ्छ, रोजगारी सृजना हुन्छ । दोलखामा ठूलो उद्योगको सम्भावना छैन तथापि उद्योग हुन नै नसक्ने कुरा पनी होइन । यहाँ स–साना उद्योग हुनसक्छ । खासगरी खाद्यान्नलगायत प्लास्टिकका चप्पल जुत्ता विभिन्न खाले पदार्थ फलफूल प्रशोधन आदि । यस विषयमा व्यापक छलफल गरि उद्योग विकास गराउन आवश्यक छ । यो पनि विकास अभियानमा समावेश हुनुपर्ने विषय हो ।
माथि उल्लेखित विभिन्न विषयमा दोलखा शहर क्षेत्रको वर्तमान वस्तुगत स्थिति विश्लेषण गर्दा कुनै पनि विषय आपत्तिजनक अवस्थामा रहेको देखिदैन । हामी दोलखाली समाजका नागरिकहरू अब चूप लागेर रमिते बनेर भएर नबसौं । दोलखाको लागि केही गरौं भन्ने दृढता सहित अठोट र इच्छाशक्ति देखाऔं ।
दोलखा विकास अभियान (म्यबिपजब म्भखभयिऊभलत क्ष्लष्तष्बतष्खभ) थालौं, यस सन्दर्भको लागि शुरुआत गर्न दोलखामा समुदायका केही अनुभवी र सम्बन्धित विषय संग विशिष्ट ज्ञान भएको व्यक्तिहरूको अभियान समूह (क्ष्लष्तष्बतष्खभ न्चयगउ) निर्माण गरौं र हरेक विषयमा अग्रगामी पक्षको (ँयचधबचम ब्अतष्यल) कार्यक्रमहरुको खाका तयार गरौं । यस्ता कार्यक्रमको खाका तयार पछि दोलखाली समुदाय माझमा व्यापक छलफल अन्र्तक्रिया गरि यस्ता कार्यक्रम लागू गर्ने उपायहरु निर्माण गरि चरणबद्ध तरिकाले कार्यान्वयन गरौं, यस अभियानमा हामी सवै सहभागी भई सहयोग गरौं, सहयोग दिऔं ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij