अजय प्रधान,
दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नं. २ स्थित अवस्थित ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय दृष्टिीकोणले प्रसिद्ध एवम् रमणीय नगरपालिका भित्रको दोलखा शहरको आफ्नै विशेषता र ऐतिहासिक मौलिकता रहेको छ । यसले भीमेश्वर नगरपालीका अनी सिङ्गो दोलखा जिल्लाको अस्थित्व राखेको छ । त्यही अस्थित्व राखेको मध्यमागको रास्नीको उकालो बाटो स्थानिय वासिन्दाहरुको बसोबास नै छैन की भन्ने जस्तो गरी घाँस घाँसले बाटो ढाँकिएको छ ।
यस्तो अवस्था हुँदा पहिले पहिले विशेषतः तिलिञ्चो परिवारको सक्रियतामा स्थानिय युवाहरुको सक्रियतामा सरसफाई गर्ने गरिन्थ्यौ । यसै गरी पछिल्लो चरणमा स्थानिय निकाय सक्रिय भईसकेपछी कुचीकारहरुले सरसफाई गर्ने गरिएको थियो । तर अहिले त्यो किन रोकिएर यस्तो अवस्थामा भएको भनेर हामीले यसरी लथालिङ्ग र भक्ताभुङ्ग भएर बसेका रास्नीको उकालो लगाएत अन्य बाटो घाटोमा देखिएको अवस्थालाई सरसफाई गर्नु पर्ने बारेमा सचेतना गराउने प्रयासले यसलाई यहाँहरुको माझमा औलाई दिएका छौं । यसै गरी पहिले पहिले समुदाय अनी समुदायका सदस्यहरु मिलेर यस्ता सडक, कुलो नाला र झारि सफा गर्ने चलन थियो ।
अहिले स्वईच्छाले कसैले कुटो कोदालो बोकेर यस्ता झाङ फाड्न गए, समूह बनाएर घास उखेल्न गए सिस्नु कुटेर पैसा खायो भन्ने आरोप लगाएर चरित्र नै हत्या गरिदिन्छ । म हिजो अषाढ २६ गते यो बाटो भएर जादा साह्रै दुःख लाग्यो यो दर्दनाक अवस्था देखेर हाम्रो समाज कता तिर जादैछ ? समाजका अगुवाहरु ओझेलमा परेका हुन् कि ? थाकेका हुन् कि ? वाक्क दिक्क भएका हुन् कि ? लौन के गर्ने टोल विकास समिति मार्फत काम गर्न खोज्यो सौता भन्न आईहाल्ने, नगरपालिकामा ग्वाहार्न गयो हाम्रो मान्छे हैन काम नदे भन्ने अवस्था पनी नआएका होईनन् ।
त्यसैले समुदाय जम्मा गरेर काम गर्यो भने तिमिहरुलाई देखाएर पैसा उठाएर खायो भनेर भड्काउने कुनै विचारले गर्दा पनी आज यस्तो अवस्था देखिएको हो की ? यसरी सार्वजनिक रुपमा रहेका बाटोघाटो र कुलो पधेराहरु मिलेर सफा गरौं । यस अभियानमा सम्वन्धीत निकाय वडा अनी नगरपालीको ध्यान जान जरुरी रहेको समेत जानकारी गराउँदछु ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij