Nov 06 2026 | २०८३, कार्तिक २०, गते

Nov 06 2026 | २०८३, कार्तिक २०, गते

पूर्वमन्त्री आनन्द पोखरेल र अधिकारकर्मी शुभराज पोखरेललाई मातृशोक

पूर्वमन्त्री आनन्द पोखरेल र अधिकारकर्मी शुभराज पोखरेललाई मातृशोक

नेपाल सम्वत् ११४७, कौलागाः ११, एकादशी (१९ कार्तिक २०८३, ५ नोभेम्वर, २०२६) बिहीबार, बाँपिझ्याला । तामाकोशी गाउँपालिका वडा नं ३ जफे लप्से घर भई हाल भक्तपुर लोकन्थली निवासी इन्द्र प्रसाद पोखरेलको श्रीमती नेकपा एमालेका नेता एवं पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल तथा अधिकारकर्मी शुभराज पोखरेलकी ममतामयी माता रनध्वता पोखरेलको ९२ वर्षको उमेरमा निधन भएको छ।

पोखरेलको निधनले परिवारजन, आफन्त तथा शुभेच्छुकहरू शोकमा परेका छन्। उहाँको निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ। साथै शोकको यस घडीमा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, अधिकारकर्मी शुभराज पोखरेललगायत शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ।

पारिवारिक स्रोतका अनुसार दिवंगत रनध्वता पोखरेलको पार्थिव शरीरको अन्त्येष्टि भोलि अर्थात् कात्तिक २० गते बिहान ७ः३० बजे पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा गरिने भएको छ।

९२ वर्षको उमेरमा भएको उहाँको निधनले परिवारमा अपूरणीय क्षति पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार