Nov 02 2026 | २०८३, कार्तिक १६, गते

Nov 02 2026 | २०८३, कार्तिक १६, गते

नेपाली कम्युनिस्ट पार्टी र उमा भुजेल नेतृत्वको नेकपाबीच भोलि पार्टी एकता घोषणा सभा हुँदै

नेपाली कम्युनिस्ट पार्टी र उमा भुजेल नेतृत्वको नेकपाबीच भोलि पार्टी एकता घोषणा सभा हुँदै

नेपाली कम्युनिस्ट पार्टी र उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता घोषणा हुने भएको छ। दुई पार्टीबीच हुन लागेको एकता घोषणासभा भोलि (कात्तिक १७ गते) काठमाडौंमा आयोजना हुने भएको हो।

पार्टी एकतालाई औपचारिकता दिन आयोजना गर्न लागिएको उक्त घोषणासभामा दुवै पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहनेछ। आयोजकले पार्टी एकता घोषणासभामा उपस्थितिका लागि सम्पूर्ण सञ्चारकर्मी, राजनीतिक दलका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणलाई हार्दिक निमन्त्रणा गरेको छ।

आयोजकका अनुसार कार्यक्रम दिउँसो १ बजे कोटेश्वरस्थित पेरिसडाँडामा रहेको नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा सञ्चालन हुनेछ।

पार्टी एकता घोषणासभामार्फत दुई कम्युनिस्ट पार्टीबीचको एकता औपचारिक रूपमा सार्वजनिक गरिनेछ। यससँगै दुवै पार्टीका राजनीतिक गतिविधि, संगठनात्मक संरचना तथा आगामी कार्यदिशाका विषयमा समेत एकतापछिको साझा राजनीतिक यात्राबारे जानकारी गराइने अपेक्षा गरिएको छ।

कार्यक्रम विवरण :

  • मिति: २०८३ कात्तिक १७ गते

  • समय: दिउँसो १ बजे

  • स्थान: नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडा, कोटेश्वर, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार