नेपाल सम्वत् ११४७, कौलागाः १०, दशमी (१८ कार्तिक २०८३, ४ नोभेम्वर, २०२६) बुधबार, बाँपिझ्याला । नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण र प्रथम बैठक सम्पन्न भएको छ। बडादसैँ, तिहार, छठ पर्व तथा नेपाल संवत् ११४७ को अवसरमा शुभकामना आदानप्रदानसहित बुधबार सुनकोशीमा कार्यक्रम आयोजना गरिएको हो।
गत असोज १७ गते सम्पन्न गाउँपालिका कमिटीको तेस्रो अधिवेशनबाट विष्णुकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको थियो। अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बुधबार औपचारिक रूपमा शपथ ग्रहण गराइएको हो। शपथ ग्रहणपछि नवनिर्वाचित कमिटीको पहिलो बैठकसमेत बसेको थियो।
कार्यक्रमको प्रमुख आतिथ्यता एमालेका वरिष्ठ नेता अमृतकुमार बोहराले गर्नुभएको थियो। कार्यक्रममा पार्टीका अग्रज नेता, जिल्ला तथा पालिकास्तरीय नेताहरू, नवनिर्वाचित पदाधिकारी तथा सदस्य, वडा कमिटीका प्रतिनिधि र पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
तेस्रो अधिवेशनबाट विष्णुकुमार श्रेष्ठ अध्यक्ष, कृष्णबहादुर कार्की उपाध्यक्ष, सरस्वती खड्का सचिव तथा छबिन्द्र खड्का र राजन राउत उपसचिवमा सर्वसम्मत चयन हुनुभएको थियो। अन्य सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन भएका थिए।
शपथ ग्रहणपछि नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफूलाई नेतृत्वको जिम्मेवारी प्रदान गर्ने पार्टीका अग्रज नेतृत्व, अधिवेशन प्रतिनिधि, पार्टी सदस्य तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँले पार्टीलाई पुनः संगठित र सुदृढ बनाउँदै नेता तथा कार्यकर्तामा नयाँ उत्साह र आत्मविश्वास जगाउनु नयाँ कमिटीको प्रमुख जिम्मेवारी रहेको बताउनुभयो।
नयाँ कमिटी कुनै व्यक्ति वा समूह विशेषको नभई सिङ्गो पार्टीको साझा कमिटी भएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले विगतका कमी–कमजोरीबाट पाठ सिकेर सबैलाई समेट्दै सामूहिक नेतृत्व, सहकार्य र एकताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले पार्टीभित्रका असन्तुष्टि र मनमुटाव अन्त्य गर्दै वडा तहदेखि संगठन विस्तार तथा जनसम्बन्ध सुदृढीकरणमा जोड दिनुपर्ने बताउनुभयो।
आगामी स्थानीय तहको निर्वाचनमा त्रिपुरासुन्दरी गाउँपालिकामा एमालेको संगठनलाई थप विस्तार गरी पार्टीलाई पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो। त्यसका लागि अग्रज नेता, जनप्रतिनिधि, वडा कमिटी, जनवर्गीय संगठन, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई एकताबद्ध भएर संगठन निर्माणमा जुट्न उहाँले आह्वान गर्नुभयो।
कार्यक्रममा दसैँ, तिहार, छठ पर्व तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव, एकता र सहकार्यलाई थप मजबुत बनाउने सन्देशसमेत दिइएको थियो।
शपथ ग्रहण तथा प्रथम बैठकसँगै नवनिर्वाचित कमिटीले त्रिपुरासुन्दरी गाउँपालिकामा पार्टीका संगठनात्मक गतिविधिलाई व्यवस्थित बनाउँदै आगामी राजनीतिक कार्यदिशाअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij