नेपाल सम्वत् ११४७, कौलागाः ११, एकादशी (१९ कार्तिक २०८३, ५ नोभेम्वर, २०२६) बिहीबार, बाँपिझ्याला । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोलखा–काठमाडौं सम्पर्क समन्वय कमिटीले नेपालीहरुको महान् चाड शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा सामूहिक देउसी–भैलो कार्यक्रम आयोजना गर्ने भएको छ।
नेपाली मौलिक संस्कृति, परम्परा, रीतिरिवाज तथा धर्म–संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कमिटीले कार्यक्रम आयोजना गर्न लागेको हो।
कमिटीले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि पर्वहरूको अवसरमा आपसी सद्भाव, भाइचारा र सांस्कृतिक एकतालाई अभिवृद्धि गर्ने उद्देश्यले सामूहिक देउसी–भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको एमाले दोलखाका युवा नेता सन्तोष प्रधानले बताउनु भयो ।
कार्यक्रम आगामी २०८३ कात्तिक २३ गते सोमबार बिहान ११ बजेदेखि काठमाडौंको काँडाघारीस्थित सनसिटी पार्टी प्यालेस, खसीबजारमा आयोजना हुनेछ।
कमिटीले कार्यक्रममा सहभागी भई कार्यक्रमको गरिमा बढाइदिन दोलखाली तथा सम्पूर्ण शुभेच्छुकहरूलाई हार्दिक निमन्त्रणा गरेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij