Oct 14 2026 | २०८३, आश्विन २८ गते

Oct 14 2026 | २०८३, आश्विन २८ गते

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कार्तिक ६ देखि प्रदर्शनमा आउने

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कार्तिक ६ देखि प्रदर्शनमा आउने

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५’ (आफ्टर द फाइनल म्याच) को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ।

बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको ट्रेलर असोज २७ गते मंगलबार सार्वजनिक गरिएको हो। चलचित्र आगामी कार्तिक ६ गतेदेखि देशभरका सिनेमाघरमा एकसाथ प्रदर्शनमा आउने तय भएको छ।

चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपिन कार्की, मिरुना मगर, सिर्जना गुरुङ, रिश्मा गुरुङ, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्चसुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईँलगायतका कलाकारको अभिनय रहेको छ।

चलचित्रका निर्माता निर्देशक गुरुङसँगै मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) रहेका छन्।

ट्रेलर सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शकको चासो बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार