नेपाल सम्वत् ११४६, यंलागाः २, द्वितिया –१२ असोज २०८३, २८ सेप्टेम्वर, २०२६) सोमबार, बाँपिझ्याला । नेपाली चलचित्र **‘गौँथली’**ले बक्स अफिसमा उत्कृष्ट व्यापार गर्दै २६ करोड रुपैयाँ नजिकको ग्रस कलेक्सन गरेको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको असोज ११ गते आइतबार राति ११ः५९ बजेसम्मको बक्स अफिस रिपोर्टअनुसार ‘गौँथली’ले २५ करोड ९५ लाख ८४ हजार ६४० रुपैयाँ २० पैसा ग्रस आम्दानी गरेको हो।
उक्त अवधिसम्म चलचित्रका ९ लाख ४१ हजार ३७२ वटा टिकट बिक्री भएका छन्। योसँगै ‘गौँथली’ नेपाली चलचित्र उद्योगमा हालसम्म सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीमा दोस्रो स्थानमा पुगेको छ।
यसअघि दोस्रो स्थानमा रहेको **‘कबड्डी–४’**को बक्स अफिस रेकर्ड ‘गौँथली’ले उछिनेको हो। सर्वाधिक कमाइ गर्ने चलचित्रको पहिलो स्थानमा भने ‘पूर्ण बहादुरको सारङ्गी’ कायम छ।
डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली र सीतादेवी तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।
चलचित्रको लगातार बढ्दो व्यापारसँगै ‘गौँथली’ले नेपाली चलचित्रको बक्स अफिसमा नयाँ कीर्तिमान बनाउने क्रमलाई थप रोचक बनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij