नेपाल सम्वत् ११४६, यंलागाः १, प्रतिपदा –११ असोज २०८३, २७ सेप्टेम्वर, २०२६) आईतबार, बाँपिझ्याला । भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले द्वाल्खा म्यासमुचा खलकले करिब ५० हजार रुपैयाँ बराबरको अति आवश्यक सामग्री हस्तान्तरण गरेको छ।
विपद्को विषम परिस्थितिमा पीडितलाई सहयोग गर्न संस्थाले आफ्ना सदस्यहरूबीच आर्थिक सहयोग संकलन गरी राहत सामग्री जुटाएको खलकका अध्यक्ष अन्नपूर्ण श्रेष्ठले बताउनु भयो । उक्त सामग्री लायन्स क्लब अफ काठमाडौं महालक्ष्मी युथको संयोजनमा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एल नेपालमार्फत बाढीपीडितका लागि हस्तान्तरण गरिएको उहाँले जनाएको छ।
संस्थाका सदस्यहरूले विपद्मा परेका नागरिकलाई सक्दो सहयोग गर्ने उद्देश्यले स्वेच्छिक रूपमा रकम संकलन गरेका थिए। सोही रकमबाट बाढीपीडितका लागि आवश्यक सामग्री खरिद गरी सहयोग गरिएको हो।
द्वाल्खा म्यासमुचा खलकले राहत अभियानमा आर्थिक सहयोग गर्ने सम्पूर्ण दाताहरूप्रति उच्च सम्मानसहित हार्दिक धन्यवाद व्यक्त गरेको छ। साथै, सहयोगलाई पीडितसम्म पुर्याउन समन्वय गर्ने लायन्स क्लब अफ काठमाडौं महालक्ष्मी युथ तथा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एल नेपालप्रति पनि संस्थाले आभार व्यक्त गरेको छ।
विपद्को समयमा मानवीय सेवा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आगामी दिनमा समेत यस्ता सहयोगात्मक गतिविधिलाई निरन्तरता दिने संस्थाले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij