Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

पृथ्वी राजमार्गमा सवारी आवागमन सहज बन्दै, आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालन हुने

पृथ्वी राजमार्गमा सवारी आवागमन सहज बन्दै, आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालन हुने

नेपाल सम्वत् ११४६, यंलागाः ४, चौथी –१४ असोज २०८३, ३० सेप्टेम्वर, २०२६) बुधबार बाँपिझ्याला । अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडक भासिएर अवरुद्ध भएको सडकखण्डमा सवारी आवागमन क्रमशः सहज बन्दै गएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले मंगलबार सूचना जारी गर्दै पहिरो तथा सडक भासिएका स्थानमा अवरोध हटाउने काम भइरहेको जनाएको छ। हाल राजमार्गमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन्।

प्रशासनका अनुसार थप पहिरो तथा अन्य अवरोध नआएमा बुधबार दिउँसो १ बजेदेखि पृथ्वी राजमार्ग भएर चल्ने सबै सवारीसाधन नियमित रूपमा सञ्चालनमा आउनेछन्।

वर्षा रोकिए पनि राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेकाले जुनसुकै बेला पहिरो खस्न सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ। प्रशासनले यात्रु तथा चालकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

Notice.jpg

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार