Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

सङ्घीय संसद्को चालु अधिवेशन असोज १६ गतेदेखि अन्त्य हुने

सङ्घीय संसद्को चालु अधिवेशन असोज १६ गतेदेखि अन्त्य हुने

नेपाल सम्वत् ११४६, यंलागाः ५, पञ्चमी –१५ असोज २०८३, १ अक्टोबार, २०२६) बिहीबार, बाँपिझ्याला । सङ्घीय संसद्को चालु अधिवेशन असोज १६ गतेदेखि अन्त्य हुने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। संविधानअनुसार सङ्घीय संसद्को अधिवेशन आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमका अनुसार सरकारले असोज १६ गतेदेखि चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

वैशाख २८ गतेदेखि सुरु भएको यस अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गरेको थियो। अधिवेशनका क्रममा अध्यादेश प्रतिस्थापन गर्ने छ वटा विधेयकसहित वैकल्पिक वित्त परिचालन विधेयक, नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयक तथा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भई प्रमाणीकरण भएका छन्।

प्रतिनिधि सभामा भने अझै १० भन्दा बढी विधेयक विभिन्न समितिमा छलफल तथा विचाराधीन अवस्थामा छन्।

यसै अधिवेशनमा प्रतिनिधि सभाले जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपत्सम्बन्धी अध्ययन गर्न विशेष समिति गठन गरेको थियो। प्रधानमन्त्री वालेन्द्र शाहले एक पटक आकस्मिक प्रश्नोत्तरमा सहभागी हुनुभएको थियो। त्यस्तै, परराष्ट्रमन्त्री, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री, पूर्वाधार विकासमन्त्री तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसँग प्रतिनिधि सभामा प्रश्नोत्तर कार्यक्रम सञ्चालन भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार