Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

बाढीले पूर्वाधारमा ठूलो क्षति, पुनर्निर्माण असोजभित्रै सुरु गर्ने सरकारको प्रतिबद्धता

बाढीले पूर्वाधारमा ठूलो क्षति, पुनर्निर्माण असोजभित्रै सुरु गर्ने सरकारको प्रतिबद्धता

नेपाल सम्वत् ११४६, यंलागाः २, द्वितिया (१२ असोज २०८३, २८ सेप्टेम्वर, २०२६) सोमबार, बाँपिझ्याला । विरल वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न क्षेत्रमा सडक, पुल, झोलुङ्गे पुल, खानेपानी तथा जलविद्युत् आयोजनामा व्यापक क्षति पुर्‍याएको छ। प्रारम्भिक विवरणअनुसार कालीगण्डकी करिडोर, डुम्रे–बेँसीसहर–चामे सडकखण्ड, पृथ्वी राजमार्ग, बीपी राजमार्ग तथा कान्ति लोकमार्गलगायतका महत्वपूर्ण सडक संरचनामा ठूलो नोक्सानी पुगेको छ भने ३१ वटा खानेपानी आयोजना प्रभावित भएका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढीबाट ७८३ मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रभावित भएका छन् र यस क्षेत्रमा मात्रै करिब १ खर्ब ३४ अर्ब ६९ करोड रुपैयाँ बराबरको क्षतिको प्रारम्भिक अनुमान गरिएको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गर्दै विस्थापित परिवारको पुनर्स्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा आवश्यक बजेट व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताएका छन्। उनले क्षतिको विस्तृत मूल्यांकनपछि टेन्डर प्रक्रियामार्फत सडक, पुल, झोलुङ्गे पुल र खानेपानी आयोजनाको पुनर्निर्माण कार्य असोजभित्रै सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार