नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः १२, द्वादसी (८ भाद्र २०८३, २४ अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला । बुढानिलकण्ठस्थित बाल आश्रममा रहेका ५२ जना बालबालिकालाई कपडा तथा खानेकुरा वितरण गर्दै दिप्ती मास्केले आफ्नो जन्मदिन मनाएकी छन्।
जन्मदिनको अवसरमा आश्रममा पुगेर उनले बालबालिकालाई आवश्यक कपडा र खानेकुरा वितरण गरेकी हुन्। आफ्नो विशेष दिनलाई सामाजिक सेवासँग जोड्दै बालबालिकासँग खुसी साटासाट गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
जन्मदिनमा गरिने सामान्य खर्चभन्दा फरक ढंगले आश्रममा रहेका बालबालिकाको आवश्यकता पूरा गर्न सहयोग गर्नु सकारात्मक र प्रेरणादायी कार्य भएको सहभागीहरूले बताएका छन्।
बालबालिकालाई सहयोग गर्दै जन्मदिन मनाउने दिप्तीको पहलले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको सन्देशसमेत दिएको छ। उक्त अवसरमा दिप्ती मास्केकी आमा राधा मास्के, सानुमुमा चन्दा श्रेष्ठ र श्रीमान यशु थकालीको उपस्थिती रहेको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij