Aug 25 2026 | २०८३, भाद्र ९ गते

Aug 25 2026 | २०८३, भाद्र ९ गते

नेपाली कांग्रेसद्वारा दोलखाका अग्रज नेता गोपीलाल थामीप्रति शोक व्यक्त

नेपाली कांग्रेसद्वारा दोलखाका अग्रज नेता गोपीलाल थामीप्रति शोक व्यक्त

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः १२, द्वादसी (८ भाद्र २०८३, २४ अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला । नेपाली कांग्रेसले दोलखाका अल्पसंख्यक थामी समुदायका अग्रज राजनीतिक तथा सामाजिक व्यक्तित्व गोपीलाल थामीको निधनप्रति दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयले भदौ ७ गते जारी गरेको शोक वक्तव्यमा थामीको ५२ वर्षको उमेरमा भदौ ६ गते निधन भएको उल्लेख गरिएको छ। वि.सं. २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि वि.सं. २०४९ सालमा गठित दोलखा जिल्ला विकास समितिको सदस्यमा निर्वाचित थामी नेपाली कांग्रेसको ५औँदेखि १३औँ महाधिवेशनसम्म लगातार महाधिवेशन प्रतिनिधिका रूपमा सक्रिय रहनुभएको थियो।

वि.सं. २००९ साल पुस २३ गते जन्मनुभएका स्वर्गीय थामीले नेपाली कांग्रेसको संगठन निर्माण तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ। उहाँको निधनबाट नेपाली कांग्रेसले एक अग्रज तथा अनुभवी व्यक्तित्व गुमाएको उल्लेख गर्दै पार्टीले दुःख व्यक्त गरेको छ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वर्गीय गोपीलाल थामीप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सभापति थापाले उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा हस्ताक्षरित वक्तव्यमा स्वर्गीय थामीको योगदानको स्मरण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ।

congress.jpg

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार