Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

थामी समुदायका धरोहर गोपीलाल थामी धुलिखेल अस्पतालमा उपचाररत, स्वास्थ्यमा सुधार

थामी समुदायका धरोहर गोपीलाल थामी धुलिखेल अस्पतालमा उपचाररत, स्वास्थ्यमा सुधार

दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका–९ का आदरणीय व्यक्तित्व तथा थामी समुदायका धरोहर गोपीलाल थामी पक्षघातबाट ग्रसित भई हाल धुलिखेल अस्पतालमा उपचाररत छन्।

उपचारका क्रममा उनको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको खबरले परिवार, आफन्त, शुभेच्छुक तथा थामी समुदायमा खुसीको वातावरण बनेको छ। लामो समयदेखि समुदायको सामाजिक तथा सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका थामीलाई स्वास्थ्यलाभको कामना गर्दै विभिन्न क्षेत्रबाट शुभेच्छा व्यक्त भइरहेको छ।

थामी समुदायको पहिचान, संस्कृति र सामाजिक एकताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका गोपीलाल थामीको योगदानलाई स्थानीयवासीले सम्मानका साथ स्मरण गर्ने गरेका छन्। उनको स्वास्थ्यमा देखिएको सुधारले शुभेच्छुकहरूमा थप आशा जगाएको छ।

उपचाररत थामीको स्वास्थ्य अवस्था अझै सुधार हुँदै जाओस् र उहाँले छिट्टै पूर्ण स्वास्थ्यलाभ गरी आफ्ना परिवार, आफन्त तथा समुदायमाझ फर्किन सकून् भन्ने कामना गरिएको छ।

शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको हार्दिक मंगलमय शुभकामना।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार