नेपाल सम्वत् ११४६, तछलाथ्वः १४ चतुर्दशी (१४ अषाढ, २०८३, २८ जुन, २०२६) आईतबार, बाँपिझ्याला । भीमेश्वर नगरपालिका–२ स्थित राजकुलेश्वर आधारभूत विद्यालयका विद्यार्थीहरूले प्रयोगात्मक कृषि कर्मअन्तर्गत उत्साहका साथ असारे मेलो सम्पन्न गरेका छन्। स्थानीय युवा समाजसेवी शान्त श्रेष्ठको खेत गुठीबुमा उक्त प्रयोगात्मक कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा विद्यालयका कक्षा ६ देखि ८ सम्मका छात्रछात्राहरू सहभागी भएका थिए। विद्यार्थीहरूले परम्परागत शैलीमा धान रोपाइँ गर्दै असार महिनाको कृषि संस्कृतिलाई जीवन्त बनाएका थिए। केही विद्यार्थीले धान रोप्ने, केहीले बाउसे गर्ने, केहीले आली राख्ने, केहीले हलो जोत्ने तथा केहीले ट्र्याक्टर चलाउने जस्ता गतिविधिमा सहभागिता जनाएका थिए।
मेलोका क्रममा विद्यार्थीहरूले सामूहिक रूपमा खेतमा धान रोप्नुका साथै मनोरञ्जनसमेत लिएको शिक्षिका रत्ना श्रेष्ठले जानकारी दिनुभयो।
उहाँका अनुसार विद्यालयमा सञ्चालन भइरहेको परियोजना कार्यक्रमअन्तर्गतको पेशा–व्यवसाय शैक्षिक पाठ्यक्रमको भागका रूपमा धान रोपाइँ कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई धान खेतीको व्यावहारिक सीप प्रदान गर्नुका साथै नेपाली कृषि परम्परा, श्रमको सम्मान र सामूहिक कार्यको महत्वबारे प्रत्यक्ष अनुभव गराउनु रहेको उहाँको भनाइ छ।
विद्यालयले यस्ता कार्यक्रमले कृषि शिक्षालाई व्यवहारसँग जोड्ने, आधुनिक शिक्षासँगै परम्परागत कृषि संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij