नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ७ सप्तमी (३ भाद्र २०८३, १९ अगष्ठ २०२६) बुधबार, बाँपिझ्याला । सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१, बांगिरहनजिकै भेरी नदीमा जिप दुर्घटनामा परी बेपत्ता भएका २३ वर्षीय चालक हेमराज बुढाथोकीको शव सात दिनपछि फेला परेको छ।
सल्यानको कुमाख गाउँपालिका–५ का बुढाथोकीको शव सुर्खेतको बराहताल गाउँपालिका–४, तरंगा घुमाउनेनजिकै भेरी नदीमा फेला परेको हो। शव फेला परेपछि आफन्तले पहिचान गरेसँगै मृतक हेमराज नै भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। उनको शव पोस्टमार्टमका लागि सुर्खेतमा राखिएको छ।
छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत बांगिरहनजिकैबाट लु.१ ज ३०२२ नम्बरको जिप भेरी नदीमा खसेको थियो। बालुवा संग्रहीबाट सल्लीबजारतर्फ फर्किने क्रममा सडकबाट करिब ५० मिटर तल जिप खसेपछि चालक बुढाथोकी र जिपधनी भीमबहादुर राना बेपत्ता भएका थिए।
बुढाथोकीको शव फेला परे पनि जिपधनी भीमबहादुर रानाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। उनको खोजी कार्य जारी छ।
दुर्घटनामा जिपमा सवार बनगाड कुपिन्डे नगरपालिका–१, आपखोलीका २९ वर्षीय प्रेम विक र २१ वर्षीय खुमलाल बुढाथोकी भने घाइते भएका थिए। उनीहरू भेरी नदीबाट पौडिएर बाहिर निस्कन सफल भएका थिए।
दुर्घटनापछि स्थानीयवासी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको गोताखोर टोलीले लगातार खोजी तथा उद्धार कार्य गर्दै आएको थियो। भेरी नदीको तीव्र बहाव र कठिन भौगोलिक अवस्थाका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको थियो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij