नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ७ सप्तमी (३ भाद्र २०८३, १९ अगष्ठ २०२६) बुधबार, बाँपिझ्याला । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गर्ने मुख्य काम तथा हासिल गर्ने उपलब्धिको लक्ष्यसहित कार्यसम्पादन सम्झौता गरेका छन्।
मन्त्रीहरूले आफ्नै मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्षमा सम्पन्न गर्ने प्रमुख काम र उपलब्धिको लक्ष्यसम्बन्धी तयार पारेको सूचीका आधारमा प्रधानमन्त्रीसँग सम्झौता गरेका हुन्।
यसअघि मुख्यसचिवको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्न आवश्यक दस्तावेज तयार पार्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार सम्बन्धित मन्त्रालयका सचिवले मन्त्रीसँगको परामर्शमा कार्यसम्पादन सम्झौताको मस्यौदा तयार पारेका थिए।
प्रधानमन्त्रीसँग भएको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरी दुवै पक्षले आदानप्रदानसमेत गरेका छन्। प्रधानमन्त्रीको सचिवालयले सम्झौता हस्ताक्षर तथा आदानप्रदान भएको जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij