Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

किरा लाग्नबाट यसरी जोगाउन सकिन्छ जुनार, सुन्तला : शान्ति आचार्य, कृषि शाखा प्रमुख

किरा लाग्नबाट यसरी जोगाउन सकिन्छ जुनार, सुन्तला : शान्ति आचार्य, कृषि शाखा प्रमुख

भीमेश्वरका किसानहरुको फलफुलहरु किराले खाएको गुनासा सुनेपछि किराबाट जुनार, सुन्तला जोगाउन भीमेश्वर नगरपालिका दोलखाका कृषि शाखा प्रमुख शान्ति आचार्यले दोलखा विशेषतः भीमेश्वर नगरपालीका भित्रका किसान दाजुभाई, दिदीबहीनीहरुलाई प्राविधि सम्वन्धी ज्ञान दिनु भएको छ ।

प्रविधीमा उहाँको भनाई, अर्को वर्षको लागि जुनारमा किरा लाग्न नदिन त्यो किरा लागेको जुनार एउटा प्लास्टिक अथवा कूनै भाँडोमा जम्मा गरेर राख्नु पर्दछ। त्यसलाई छरिन नदिनु किनभने त्यसलेआफ्नो जीवनचक्रको प्युपा अवस्था त्यही माटोमा पुरा गरी पछि वयस्क भएर निस्किन्छ। त्यो जम्मा गरेको फललाई गहिरो खाल्डो खनेर पुरिदिनु ।

त्यसमा प्रोटिन बेट भन्ने पाइन्छ त्यो जुनार मसिनो अमलाको दाना भन्दा सानो हुँदादेखि नै छर्न पर्ने हुन्छ। यो एक भाग तीन देखि चार भाग पानीमा मिसाई तीन वटा बोट मध्ये एकबोट छानी त्यस रुखको थोरै भाग पातको मुनि छर्किनु पर्दछ। 

अथवा बिरुवामा कुनै गुलियो पदार्थमा मालाथेन विषादी मिसाई यसको लेप बनाई ठाउँ ठाउँमा लगाइदिनाले वयस्क किराहरु आकर्षित भई खान आई मर्दछन्। सो कार्य पालुवा लाग्ने बेलादेखि लिएर फल टिप्ने बेलासम्म गरेमा बढी प्रभावकारी देखिन्छ। यो काम वरिपरि सुन्तला जातका फलफुल लगाउने सबैले गरे नियन्त्रण हुन्छ एक्लैले गर्दा सम्भावना कम हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार