
नेपाल सम्वत् ११४५, बछलाथ्वः षष्ठी (२० बैशाख, २०८२, ३ मे, २०२५) शनिवार, बाँपीझ्याला । टोखा नगरपालिका–३ निवासी टोखा नगरपालिका कार्यालयमा ःक्ष्क् इउभचबतयच पदमा कार्यरत श्री रविन्द्र श्रेष्ठले भीमपुस्तकालय दोलखालाई आज ब्रदर्स कम्पनीको एक फोटोकपि र एक प्रिन्र्टस हस्तान्तरण गरिएको छ ।

आफ्ना सुपुत्र विश्वराज श्रेष्ठ र सुपुत्री विश्वा श्रेष्ठको नाममा रु. ५० हजार भन्दा बढी मूल्य पर्ने उक्त ब्रदर्स कम्पनीको २ प्रिन्र्टस जसमा फोटोकपी मेशिन, प्रिन्टर र स्क्यानर गर्न हुने सुविधा रहेको भीम पुस्तकालय व्यवस्थापन समितीका अध्यक्ष रत्नबहादुर श्रेष्ठले बताउनु भयो ।

काठमाण्डौ बसुन्धरा स्थित बसुन्धरा विकास तथा सुधार समाजको भवनमा आयोजना गरेको कार्यक्रममा उक्त सामाग्री हस्तान्तरण गरिएको हो । यसै गरी भीमेश्वर नगरपालीका वडा नं. २ पिङ्गल टोल निवास दिवंगत श्यामकृष्ण श्रेष्ठ तथा शान्तीदेवी श्रेष्ठको जेष्ठ सुपुत्र हाल काडाँगारी निवासी मेकानिकल ईन्जिनियर दिवाकर श्रेष्ठले ल्यापटप एउटा सहयोग गरेको समेत अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
अहिलेसम्ममा पुस्तकालयमा पर्याप्त पुस्तकहरु, ईन्टरनेट, बत्ती, कम्प्युटर, ल्यापटप, प्रिन्र्टस र फोटोकपिका साथै स्क्यानरको व्यवस्थापन भईसकेको छ । यसै गरी नियमित रुपमा पुस्तकालय संचालन गर्न कर्मचारीको नियुक्ती पनी भईसकेको छ । ७२ बर्ष पहिले हाम्रो पुर्खाले देउसी भैलो, चन्दा र जग्गा दानले स्थापना गरेको यो पुस्तकालय आर्थिक अभावले पटक पटक बन्द हुनु परेको सस्मरण अध्यक्ष श्रेष्ठले गर्नु भएको थियो ।


यसै गरी अध्यक्षले अगाडी भन्नु भयो, हामीले अहिले निक्कै मेहनत गरेर स्थापना गरेको यो पुस्तकालय सञ्चालनमा ल्याएका छौं । अव भविष्यमा आर्थिक अभावले कहिले बन्द हुन नपरोस् भनी पुस्तकालय कोष स्थापना गरका छौं । यसरी स्थापना भएका कोषमा अहिलेसम्ममा २ लाख ५० हजार जम्मा भईसकेको र यो कोषमा रकम १ करोड पू¥याउने लक्ष्य रहेको समेत बताउनु भयो । यसै गरी आजिवन सदस्य १ हजार पू¥याउने लक्ष्य लिएको र हालसम्म ४३ जना आजिवन सदस्य बनी सकेको जानकारी दिनु भयो । यसै गरी आजिवन सदस्य हुन बाँकी महानुभावहरुलाई आजिवन सदस्य बन्न पनी अनुरोध गर्नु भएको छ ।

आज कार्यक्रम गर्न भवन उपलब्ध गराई दिन सहजकर्ता गरिदिनु हुने बसुन्धरा विकास तथा सुधार समाजका उपाध्यक्ष भीमेश्वर नगरापलीका वडा नं. २ दोलखा गुर्कोट घर भई हाल बसुन्धरा निवासी व्यवसायी एवं समाजसेवी रामजी प्रधान लगायत सहयोग गर्नु हुने महानुभावहरु प्रति हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा पुस्तकालयको प्रगतीको लागि कसरी अगाडी जान सकिन्छ भनी सहभागी महानुभावहरुले आ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो । ३० जना भन्दा बढी दोलखावासी र शुभचिन्तक महानुभावहरुको उपस्थिती रहेको थियो ।
हस्तान्तरण कार्यक्रममा आजिवन सदस्यहरु समाजसेवी हेमराज श्रेष्ठ, प्रा.डा.हरिदर्शन श्रेष्ठ, समाजसेवी भोला श्रेष्ठ र सहयोगी मन रविन्द्र श्रेष्ठलाई सम्मानपत्रबाट सम्मान गरिएको थियो ।
उक्त हस्तान्तरण कार्यक्रम पुस्तकालय व्यवस्थापन समितीका अध्यक्ष रत्नबहादुर श्रेष्ठको सभापतीत्व र संरक्षक समाजसेवी ईन्जिनियर जेष्ठ नागरिक आत्माकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij