Oct 12 2026 | २०८३, आश्विन २६ गते

Oct 12 2026 | २०८३, आश्विन २६ गते

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा पक्ष सर्वोच्चमा

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा पक्ष सर्वोच्चमा

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ९ नवमी (५ भाद्र २०८३, २१ अगष्ठ २०२६) शुक्रबार, बाँपिझ्याला । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको तर्फबाट वारेसमार्फत शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरिएको हो।

कांग्रेसको निर्वाचन समितिले आगामी असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। सोही कार्यतालिकाअनुसार अघि बढाइएको महाधिवेशन प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेश जारी गर्न रिट निवेदनमा माग गरिएको छ।

कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा देउवा पक्षले सर्वोच्च अदालतबाट पुनः सुनुवाइका लागि निस्सा पाइसकेको छ। उक्त विवादको अन्तिम टुंगो नलाग्दै महाधिवेशन प्रक्रिया अघि बढाउँदा कानुनी तथा राजनीतिक जटिलता उत्पन्न हुन सक्ने भन्दै देउवा पक्षले महाधिवेशन रोक्न अदालतको हस्तक्षेप माग गरेको हो।

रिटमा आधिकारिकता विवादमा सर्वोच्च अदालतमा पुनः सुनुवाइको प्रक्रिया अघि बढिसकेको अवस्थामा त्यसको फैसला नआएसम्म महाधिवेशनसम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गर्नुपर्ने जिकिर गरिएको छ।

अब सर्वोच्च अदालतले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै महाधिवेशन प्रक्रिया रोक्न अन्तरिम आदेश दिने वा नदिने विषयमा निर्णय गर्नेछ। अदालतको आदेशले कांग्रेसको आगामी महाधिवेशनको कार्यतालिका र पार्टीभित्रको विवादमा समेत महत्वपूर्ण प्रभाव पार्न सक्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार