Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

काठमाण्डौ विश्वविद्यालयले नेपालभाषा एक वर्षे बि. एड. कोर्ष पढाउने घोषणा

काठमाण्डौ विश्वविद्यालयले नेपालभाषा एक वर्षे बि. एड. कोर्ष पढाउने घोषणा

नेपाल सम्वत् ११४५, चौलागाः प्रतिपदा (१७ बैशाख, २०८२, ३० अप्रिल, २०२५) बुधबार, बाँपीझ्याला । काठमाडौँ विश्वविद्यालयद्वारा नेपालभाषा शिक्षण कार्यक्रम बहुभाषिक र मातृभाषामा आधारित शिक्षकहरूको आवश्यकता पुरा गर्नको नेपालभाषा एक वर्षे बि. एड. कोर्ष पढाउने घोषणा गरेको छ ।

यस सम्वन्धी आज काठमाण्डौ विश्व विद्यालय स्कुल अफ एजुकेशन भाषा शिक्षा बिभागको आयोजना प्राध्यापक, डाक्टर, भाषा विद्, सामाजिक प्रतिनिधी अभियान्ताहरुको बिच हात्तीवन ललितपुरमा छलफल कार्यक्रमको आयोजना गरिएको थियो ।

छलफल कार्यक्रममा तयार गरिएको पाठ्यक्रमको सक्षिप्त परिचय प्रा.डा. ओमकारेश्वर श्रेष्ठ, नेपाल भाषा शिक्षण एक वर्षे ( PGDE ) कार्यक्रम बारे संक्षिप्त परिचय, प्रा.डा. बालचन्द्र लुईटेल, नेपाल भाषा शिक्षण कार्यक्रमको प्रभाव र गतिशिलताको बारेमा नेवाः सामाजिक अभियान्त मल्ल के सुन्दर, विश्व विद्यालयमा नेपाल भाषा शिक्षणको अवस्थाको बारेमा प्रा.डा. राजनलाल जोशी र अक्षकोष आवश्यकता र सम्भावनाको बारेमा प्रा.डा. हेमराज काफ्लेले सहजकर्ता गर्नु भएको थियो ।

यसै गरी शुभकामना मन्तव्य व्यक्त गर्नेहरुमा माननिय रामकृष्ण चित्रकार, नेवाः देय् दवुका अध्यक्ष पवित्र बज्राचार्य, शिक्षा सेवा आयोगका उपसचिव गणेश प्रसाद पौडेल र भाषा आयोगका अध्यक्ष सुरेशकिरण मानन्धरले व्यक्त गर्नु भएको थियो ।

यसरी अव काठमाण्डौ विश्व विद्यालयमा नेवाः तामाङ, मैथिली र लिम्बु भाषामा पढाई हुने भएको छ । यस अघि तामाङ भाषामा पढाउने कोर्षको घोषणा भैसकेको छ भने लिम्बू भाषा र मैथीलीमा पढाउने योजना रहेको पनि जानकारी गराउनु भएको थियो ।

उक्त कार्यक्रम सामाजिक अभियान्ता अजितमान तमाङले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार