
नेपाल सम्वत् ११४५ चौलाथ्वः १५ (३० चैत्र, २०८१) अप्रिल १२, २०२५ ,शनिबार, बाँपीझ्याला ।हमासका एक अधिकारीका अनुसार गाजामा युद्ध रोक्नका लागि छलफल गर्न हमासको एक प्रतिनिधिमण्डल शनिबार इजिप्टको राजधानी काहिरो जाँदैछ । यो वार्ता इजिप्टका मध्यस्थकर्तासँग हुनेछ ।
अधिकारीले भने “हामी आशा गर्छौं कि यो बैठकले युद्ध अन्त्य गर्न, आक्रमण रोक्न र गाजाबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता गर्न सहमति हासिल गर्ने दिशामा प्रगति ल्याउनेछ ।” उनी सार्वजनिक रूपमा बोल्न अधिकार प्राप्त नभएकाले नाम नखुलाउने सर्तमा जानकारी दिए । प्रतिनिधिमण्डलको नेतृत्व हमासका प्रमुख वार्ताकार खालिल अल–हैयाले गर्ने जानकारी दिइएको छ ।

उनका अनुसार हालसम्म हमासले कुनै नयाँ औपचारिक युद्धविराम प्रस्ताव प्राप्त गरेको छैन, यद्यपि इजरायली सञ्चारमाध्यमहरूले इजरायल र इजिप्टबीच प्रस्ताव आदानप्रदान भएको दाबी गरेका छन् । यद्यपि, अधिकारीले इजिप्टका मध्यस्थकर्तासँग नियमित सम्पर्क र छलफल जारी रहेको बताए । साथै उनले इजरायलले गाजामा सैन्य आक्रमण अझै पनि जारी राखेको आरोप पनि लगाएका छन् ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij