
नेपाल सम्वत् ११४५, चौलाथ्वः १५, पूर्णीमा (३० चैत्र, २०८१, १२ अप्रिल, २०२५) शनिवार, बाँपीझ्याला । सिचाङ (चीन)- चीनले नवीनतम प्रविधियुक्त ‘सञ्चार उपग्रह’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । शुक्रबार बिहान १२ बजेर ४७ मिनेट जाँदा (बेइजिङ समयअनुसार) चीनको दक्षिण–पश्चिमी सिचुआन प्रान्तको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट उक्त उपग्रह प्रक्षेपण गरिएको हो ।
’लङ मार्च–३ बी’ नामक बोक्ने रकेट प्रयोग गरी प्रक्षेपण गरिएको उपग्रह सफलतापूर्वक निर्धारित कक्षमा प्रवेश गरेको जानकारी सो केन्द्रले दिएको छ ।
उक्त उपग्रह मुख्य रूपमा बहु–तरंगदैध्र्य (बहु–ब्यान्ड) तथा उच्च गतिको सञ्चार प्रविधिसम्बन्धी परीक्षणहरू गर्न प्रयोग गरिनेछ । यस परीक्षणबाट भविष्यमा अझ सुरक्षित, छरितो र भरपर्दो सञ्चार सेवा विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
यो सफल प्रक्षेपण ’लङ मार्च’ शृङ्खलाको ५६९ औँ प्रक्षेपण अभियान हो। लङ मार्च शृङ्खला चीनको सबैभन्दा भरपर्दो र प्रविधियुक्त बोक्ने यानहरूमध्ये एक मानिन्छ, जसले लामो समयदेखि चीनको अन्तरिक्ष अभियानमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।
यस उपग्रहको सफल प्रक्षेपणसँगै चीनले विश्वस्तरमा आफ्नो अन्तरिक्ष तथा सञ्चार प्रविधिको क्षेत्रमा निरन्तर प्रगति गरिरहेको छ भन्ने कुरालाई पुष्टि गरेको छ । (सिन्ह्वा)
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij