
नेपाल सम्वत् ११४५, चिल्लागाः ४ चुर्तदशी, (५ चैत्र, २०८१, १८ मार्च, २०२५) मंगलबार, बाँपीझ्याला । वासिङ्टन डिसी । स्पेसएक्सको अन्तरिक्ष यान ड्र्यागन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट अनडक (अलग) भएको छ । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर यस अन्तरिक्षयान मार्फत १७ घण्टाको यात्रा पछि पृथ्वीमा फर्कनेछन्।
सुनिता विलियम्स र बुच विल्मोर जुन ५, २०२४ मा स्टारलाइनर परीक्षण यानबाट आईएसएस गएका थिए। त्यहाँ आठ दिन बिताएपछि उनीहरू फर्कने तय थिए तर अन्तरिक्षयानमा गडबडीका कारण उनीहरु लामो समय आईएसएसमा बस्न बाध्य भए ।
नासाले स्प्लासडाउनको स्थान मौसमको अवस्थाको आधारमा निर्धारण गरिनेछ। यो अन्तरिक्षयानको फिर्ताको अनुमानित समय हो।
मार्च १९, २०२५ मा अन्तरिक्ष यात्री सुनिता विलियम्स फर्किँदा उनले अन्तरिक्षमा कुल २८६ दिन बिताइसकेकी हुनेछिन्। योसँगै उनी एकै यात्रामा आ@एसएसमा सबैभन्दा धेरै दिन बिताउने तेस्रो महिला वैज्ञानिक बन्नेछिन्।
क्रिस्टिना कोच ३२८ दिनको साथ सूचीको शीर्ष स्थानमा छिन् । जबकि पिग्गी ह्विटसन २८९ दिनका साथ दोस्रो स्थानमा छिन्।
अन्तरिक्ष यात्री फ्रान्क रुबियोले एक पटकमा आईएसएसमा सबैभन्दा धेरै ३७१ दिन बिताएका छन्। समग्रमा सबैभन्दा धेरै दिन बिताउने रेकर्ड पिग्गी ह्विटसनको नाममा छ जसमा ६७५ दिन बिताइएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij