Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

युक्रेन युद्ध रोक्न ट्रम्प र पुटिनबीच वार्ता हुँदै

युक्रेन युद्ध रोक्न ट्रम्प र पुटिनबीच वार्ता हुँदै

नेपाल सम्वत् ११४५ चिल्लागाः ३ (४ चैत्र, २०८१) मार्च १७, २०२५ ,सोमबार, बाँपीझ्याला ।रुस र युक्रेनबीच चलिरहेको युद्ध रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच महत्त्वपूर्ण कुराकानी हुने भएको छ । मिडिया रिपोर्टका अनुसार यो कुराकानी मंगलबार हुने तयारी भएको छ । ट्रम्प र पुटिनबीचको वार्तालाई महत्त्वपूर्ण मानिएको छ । युक्रेनसँगको युद्धमा ३० दिनको युद्धविरामको लागि अमेरिकी प्रस्तावमा छलफल गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राजदूत स्टिभ विटकफसँग भेट गरेपछि ट्रम्प र पुटिनवीच कुराकानी गर्ने तय भएको हो ।

यसअघि, पुटिनले एक पत्रकार सम्मेलनमा सिद्धान्ततः युद्धविरामको समर्थन गर्ने, तर युद्धविराम दीर्घकालीन समाधान उन्मुख हुनुपर्ने बताएका थिए । त्यस्तै जेलेन्स्कीले पहिले नै युद्धविराम प्रस्तावलाई समर्थन गरिसकेका छन् । युक्रेनले पहिले नै युद्धविराम प्रस्तावलाई समर्थन गरिसकेको छ। यद्यपि, युक्रेनी अधिकारीहरूले सार्वजनिक रूपमा मस्को त्यस्तो सम्झौतामा प्रतिबद्ध हुन्छ या हुँदैन भन्ने बारेमा शंका व्यक्त गरेका छन् ।

बेलायती प्रधानमन्त्री केयर स्टारमरले आयोजना गरेको पश्चिमी सहयोगीहरू बीचको अनलाइन वार्तापछि कीभमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले दीर्घकालीन शान्ति योजनाको बारेमा छलफल गर्न ३० दिने पूर्ण युद्धविरामको प्रस्तावलाई समर्थन जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार