Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा १८ जनाको मृत्यु

नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा १८ जनाको मृत्यु

नेपाल सम्वत् ११४५, सिल्लागाः चौठी, (४ फागुण, २०८१, १६ फ्रेवअरी, २०२५) आईतबार, बाँपीझ्याला । भारतको राजधानी दिल्लीको नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा १८ जनाको मृत्यु भएको छ । आइतबार बिहान भएको उक्त घटनामा कैयौँ मानिस घाइते भएका छन् ।

प्रयागराज महाकुम्भमा जानका लागि हजारौँ भक्तजनहरू रेलमा चढ्न जम्मा भएका बेला १३ र १४ नम्बर प्लेटफर्ममा घटना भएको हो।

दिल्ली फायर सर्भिसले एक आपतकालीन कल प्राप्त गर्नासाथ तुरुन्तै ४ फायर इन्जिनहरू नयाँ दिल्ली रेलवे स्टेसनमा पठाएको थियो। यसबाहेक घटनास्थलबाट एम्बुलेन्सहरुले पनि घाइतेको उघार गरिरहेका छन् । रेलवे पुलिस र दिल्ली पुलिसले घाइतेहरूलाई लेडी हार्डिङ्ग अस्पतालमा भर्ना गरिरहेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा मारिएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार