Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितीले डा. जगमान गुरुङको भनाई प्रति आपती जनाउँर्दै पत्रकार सम्मेलन

दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितीले डा. जगमान गुरुङको भनाई प्रति आपती जनाउँर्दै पत्रकार सम्मेलन

नेपाल सम्वत् ११४५, सिल्लागाः १ प्रतिपदा, (१ फागुण, २०८१, १३ फ्रेवअरी, २०२५) बिहिबार, बाँपीझ्याला, दोलखा । डा.जगमान गुरुङले डिएनए दैनिक अनलाईन पत्रिकाबाट गत माघ १४ गते साक्षात भगवान दोलखा भीमेश्वरको बारेमा भ्रमक आधारहिन अभिव्यक्ती दिएको भन्दै आपती जनाउँर्दै आज एक पत्रकार सम्मलेनको आयोजना गरेको छ ।

गत माघ २९ गते बसेको बैठकको निर्णय अनुसार आज भीमेश्वर मन्दिरको आफ्नै कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी खेद व्यक्त सहितको विज्ञप्ती जारी गरिएको हो ।

पत्रकार सम्मलेन व्यवस्थापन समितीका सचिव राजेन्द्र श्रेष्ठले संयोजन गरिएको थियो । यसै गरी पत्रकारहरुको जिज्ञासामा अध्यक्ष भरतबहादुर श्रेष्ठले जवाफ दिनु भएको थियो ।

चिरञ्जीवी मास्केद्वारा सम्पादीत आजको दैनिकमा र दिरेकलाल श्रेष्ठद्वारा सम्पादीत न्युजअफ नेपाल डटकम अनलाईन पत्रिकामा २१ माघ २०८१ मा “शैलुङमा भीमसेन तरवार शिला पुजाको तयारी” शिर्षकमा समाचार छापिएको रहेछ । तर समाचार पढ्दै जादा किंवदन्ती अनुसार पाँच पाण्डव मध्यको भीमसेन दोलखाबाट शैलुङको बाटो हुदै नेपाल मण्डल जाने क्रममा शैलुङ डाँडामा तरवार विसाएर विश्राम गरेको र हिड्ने बेला तरवार त्यहि छोडिएको भन्ने समाचार प्रकाशनमा आएको थियो ।

यसरी समाचार प्रकाशनमा आईसकेपछी बाँपीझ्याला डटकमका अध्यक्ष उपेन्द्र प्रधानले आफ्नै सम्पादनमा संचालनमा रहेको बाँपीझ्याला डटकम अनलाईन पत्रिकाबाट “डा. जगमान गुरुङज्यूलाई प्रसिद्ध दोलखा भीमेश्वरको बारेमा मनलागी अभिव्यक्ती नदिन आग्रह” सहीत भ्रमक समाचारको खण्डन गर्दै माघ २२ गते एउटा लेख सम्प्रेषण गर्नु भएको थियो । ttps://bampijhyala.com/2025/02/04/96907/

यसै गरी पत्रकार भोजराज न्यौपानेले आफ्नो सामाजिक सञ्जाल फेसवुकबाट डा. जगमान गुरुङको अभिव्यक्ती प्रति खबरदारी गर्दै स्टाटस लेख्नु भयो । यसरी नै बिभिन्न व्यक्तीहरुले आ–आफ्नो सामाजिक सञ्जालबाट डा. भनाईको अभिव्यक्तीमाथी विरोध र खेद व्यक्त गरियो ।

दोलखाका युवा समाजसेवी शिवजी प्रधान, नरेन्द्र श्रेष्ठ र अजय प्रधानको अगुवामा हिजो २०८१ माघ ३० गते डा. गुरुङको अभिव्यक्ती प्रति खेद सहीत उक्त भ्रामक भनाई फिर्ता लिनको लागि दोलखा जिल्लावासीको दस्तखत संकलन गरी आज डा. गुरुङलाई पठाउन आग्रह गर्दै भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठलाई बुझाईएको छ ।https://bampijhyala.com/2025/02/12/97341/

हाम्रो आग्रह :
आफैमा दोलखा जिल्लाका धेरैजसोको प्राकृतीक स्थानहरुको महत्व रहेकोले भ्रामक समाचार तयार गरी पर्यटक प्रवद्र्धनतिर नलाग्न सम्वन्धीत पक्षसँग आग्रह सहित अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार