Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

डा. जगमान गुरुङज्यूलाई प्रसिद्ध दोलखा भीमेश्वरको बारेमा मनलागी अभिव्यक्त नदिन आग्रह

डा. जगमान गुरुङज्यूलाई प्रसिद्ध दोलखा भीमेश्वरको बारेमा मनलागी अभिव्यक्त नदिन आग्रह

प्राचिन ऐतिहासिक शहर दोलखाको आफ्नै महत्व अनी अस्थित्व रहेको छ । यहाँ भित्र आफ्नै मौलिक नेवारी भाषा, परम्परा, चाडपर्व, रितिरीवाज र सांस्कृतीक प्राचिन सभ्यता रहेको मठ–मन्दिर रहेको सम्पादा बस्ती रहेको छ । यसै गरी साक्षात भगवान भीमेश्वरको वासस्थान पनी यही हो । यो हामी सवैले मान्दै र भोगी आएका छौं ।

चिरञ्जीवी मास्केद्वारा सम्पादीत आजको दैनिक र दिरेकलाल श्रेष्ठद्वारा सम्पादीत न्युजअफ नेपाल डटकम अनलाईन पत्रिकामा “शैलुङमा भीमसेन तरवार शिला पुजाको तयारी” शिर्षकमा समाचार पढ्ने अवसर प्राप्त भयो । खुुसी पनी लाग्यो । तर समाचार पढ्दै जादा किंवदन्ती अनुसार पाँच पाण्डव मध्यको भीमसेन दोलखाबाट शैलुङको बाटो हुदै नेपाल मण्डल जाने क्रममा शैलुङ डाँडामा तरवार (खड्ग) विसाएर विश्राम गरेको र हिड्ने बेला तरवार त्यहि छोडिएको भन्ने समाचार छापिएको रहेछ ।

यसै संग जोडिएर संस्कृतविद् डा. जगमान गुरुङ दोलखाको प्रसिद्ध भीमेश्वरको दर्शन गर्न जाने दर्शनार्थीहरुले पहिले भीमसेनले तरवार (खड्ग) छोडेको शैलुङ डाँडामा रहेको उक्त भीमसेन तरवार शिलाको दर्शन गर्दा फल प्राप्त हुने बताउछन् भन्ने पक्ति पनी पढ्ने सुवर्ण अवसर प्राप्त भयो । यो अभिव्यक्तीले दोलखा भीमेश्वर र दोलखाको संस्कृती प्रति ठाँडो हस्तक्षेप गरेको मैले महशुष गरेको छु ।

डा. जगमान गुरुङज्युले कहाँबाट यी कुराहरु बाहिर ल्याउनु भयो यसको प्रमाण पेश गर्न आग्रह गर्दछु । यो कुनै पूर्वाग्रह र रिसईविको कुरा होईन यो दोलखाको ईतिहास र संस्कृती माथी प्रहार भएको छ । यो दोलखावासीको लागि मान्य हुदैन । डा. जगमान गुरुङज्यू जस्तो विज्ञको मान प्राप्त गरि सकेका व्यक्तीत्वले यस्ता कुराहरु गर्नु हुन्छ जस्तो त लाग्दैन तर पनी गरेको भएतापनी पुष्टी गर्न यही पत्रीका मार्फत आग्रह सहीत अनुरोध गर्दछु ।

शैलुङ सय थुम्काको डाँडा आफैमा महत्वपूर्ण पर्यटकिय दोलखा जिल्लाको गन्तव्य मध्ये एक हो । यसलाई कसरी प्रचार प्रसार गर्ने कसरी अगाडी बढाउने भन्नेमा हामी सवैले सम्भाव्यताहरु औलाउनु पर्छ । यो सवै दोलखावासी चिन्तीत हुनृु जरुरी छ । तर संस्कृती माथी ठाँडो हस्तक्षेप गरि दोलखा भीमेश्वरको गरिमालाई विगार्ने चेष्टा कसैले नगर्दा हुन्छ भन्ने मेरो आग्रह छ ।

कतै सय थुम्काको डाँडो शैलुङको आफ्नै धार्मीक र प्राकृतीक पर्यटकिय महत्व हुँदा हुर्दै आ–आफ्नै तरिकाले अभिव्यक्त दिएर कतै यसको ईतिहास र मौलीकतालाई नष्ट गर्न खोजिएको त होईन भन्ने प्रश्न उठ्न थालिएको छ । तसर्थ यस्ता कुरामा सचेत रहन सम्पूर्ण संस्कृतीप्रेमी नेपाली दाजुभाई दिदीबहीनी महानुभावहरुलाई आग्रह सहित अनुरोध गर्दछु ।

उपेन्द्र प्रधान, दोलखा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार