Search

डा. जगमान गुरुङले दोलखा भीमेश्वर मन्दिरको वारेमा गलत अफवाह फैलाएको विरोधमा हस्ताक्षर संकलन

डा. जगमान गुरुङले दोलखा भीमेश्वर मन्दिरको वारेमा गलत अफवाह फैलाएको विरोधमा हस्ताक्षर संकलन

नेपाल सम्वत् ११४५, सिल्लाथ्वः १५ पूर्णिमा (३० माघ, २०८१, १२ फ्रेवअरी २०२५) बाँपीझ्याला, दोलखा । डा. जगमान गुरुङले दोलखा भीमेश्वर मन्दिरको वारेमा गलत अफवाह फैलाएको वारे ध्यानाकर्षणको लागि स्थानिय दोलखावासीको हस्ताक्षर संकलन गरिएको छ ।

सम्बन्धित निकायबाट कुनै आधिकारिक धारणा नआएको हुदाँ दोलखावासीको तर्फबाट आज हस्ताक्षर संकलन गरी एक विज्ञप्ती जारी गरिएको छ । दोलखाका स्थानिय युवा समाजसेवी शिवजी प्रधान, नरेन्द्र श्रेष्ठ र अजय प्रधानको नेतृत्वमा सम्पुर्ण दोलखाबासिहरुको हस्ताक्षर संकलन गरि ध्यानाकर्षण गराईएको छ भनी युवा समाजसेवी नरेन्द्र श्रेष्ठले बताउनु भयो ।

यसै गरी यसरी हस्ताक्षर संकलन अभियान चलाएको र डा. जगमान गुरुङको अभिव्यक्तीलाई तुरुन्त फिर्ता गराउन सबै दोलखालि एकजुट भई साथ दिन अपिल गर्दछौ भनी उक्त ध्यानाकर्षण विज्ञप्तीमा भनिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!