Oct 14 2026 | २०८३, आश्विन २८ गते

Oct 14 2026 | २०८३, आश्विन २८ गते

पूजा चोपडाले पशुपतिनाथमा गरिन् विशेष पूजा–आराधना

पूजा चोपडाले पशुपतिनाथमा गरिन् विशेष पूजा–आराधना

बलिउड अभिनेत्री पूजा चोपडाले नेपाल भ्रमणका क्रममा काठमाडौँस्थित आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना तथा दर्शन गर्नुभएको छ। उहाँले रु. २ हजार १०० को रसिद काटेर पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमका अनुसार अभिनेत्री चोपडासहित आज २३५ जनाले विशेष पूजाको रसिद काटेर पशुपतिनाथ मन्दिरमा पूजा, आराधना तथा दर्शन गरेका छन्।

सौरमासअनुसार आज साउन महिनाको अन्तिम दिन भएकाले बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको उल्लेख्य भीड लागेको थियो। साउनको अन्तिम दिनसँगै सार्वजनिक बिदासमेत परेकाले देशका विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा भक्तजन पशुपतिनाथको दर्शनका लागि पुगेका हुन्।

अभिनेत्री पूजा चोपडा पनि साउन महिनाको अवसर पारेर पशुपतिनाथको पूजा, आराधना तथा दर्शन गर्न नेपाल आउनुभएको बताइएको छ। यसअघि गत साता बलिउड अभिनेत्री शिल्पा शेट्टीले पनि पशुपतिनाथ मन्दिरमा विशेष पूजाको रसिद काटेर पूजा, आराधना तथा दर्शन गर्नुभएको थियो।

बलिउड कलाकारहरूको पशुपतिनाथप्रतिको धार्मिक आस्था र नेपाल भ्रमणले पशुपतिनाथ मन्दिरको धार्मिक तथा सांस्कृतिक महत्वलाई अन्तर्राष्ट्रियस्तरमा थप चर्चामा ल्याउने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार