२९ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका प्यालेस्टिनीहरूलाई राख्न अस्वीकार गर्ने देशहरूलाई सहयोग बन्द गर्ने चेतावनी दिएका छन् ।
यसअघि ट्रम्पले प्यालेस्टिनीहरूलाई इजिप्ट र जोर्डनमा स्थायी रूपमा बसोवास गर्न दिनुपर्ने बताएका थिए । तर, जोर्डन लगायत त्यस क्षेत्रका अन्य देशहरूले ट्रम्पको सुझावमा आपत्ति जनाएपछि ट्रम्पले प्यालेस्टिनीहरूबारे आफ्नो प्रस्ताव स्वीकार नगर्नेलाई अमेरिकाले गर्दै आएको सहयोग र सहायता रोक्ने बताएका हुन् ।
राष्ट्रपति ट्रम्पले प्यालेस्टिनीहरूलाई अरू सुरक्षित ठाउँमा स्थानान्तरण गरी गाजापट्टीमा अमेरिकी नियन्त्रणसँगै पुनर्निर्माणको काम गर्ने प्रस्ताव गर्दै आएका छन् ।
यसैबीच जोर्डनका राजा अब्दुल्लाह द्वितीय वाशिङ्टन डीसी पुगेका छन् । उनले ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने कार्यक्रम छ ।
बीबीसीका अनुसार यसबारे ट्रम्पले राजा अब्दुल्लाहलाई प्यालेस्टिनीहरूको स्थायी बसोवासका लागि व्यवस्था मिलाउन मनाउने तयारी गरेका छन् । उनले जोर्डनलगायत अन्य देशहरू अमेरिकाको प्रस्तावमा सहमत हुनेमा आफू विश्वस्त रहेको बताएको बीबीसीले जनाएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij