
नेपाल सम्वत् ११४५ सिल्लाथ्वः ७.९ ( २२ माघ , २०८१) फेब्रुअरी ४ , २०२५ , मंगलबार, बाँपीझ्याला ।अज्ञात रोगका कारण महोत्तरीको उत्तरी क्षेत्रमा पशु चौपाया धमाधम मर्न थालेका छन् । बर्दिवासस्थित किसाननगर, कृष्णपुर लगायतका ठाउँहरूमा धमाधम घरपालुवा जनावर मर्न थालेका हुन् । स्थानिय गोपाल कार्कीका अनुसार विगत पाँच दिनको अन्तरालमा मनहरिपुरको राउत टोलमा मात्र २ वटा भैंसी मरिसकेको छ भने अन्य किसान पूर्णबहादुर पौडेल र सरस्वती कार्कीको दुहुनो भैंसी एक्कासी मरेको जनाइएको छ ।
यसअघि हनुमान चोकमा अर्को किसानको भैंसीसमेत मृत अवस्थामा भेटिएको थियो । भैंसीहरूमा कुनैपनि रोगको लक्षण नै नदेखी धमाधम मर्न थालेपछि किसानहरू चिन्तित बनेका छन् । ‘बेलुका दुध दोहोएर गोठमा सारेको भैंसी बिहान मरिराखेको रहेछ,’ कार्कीले भनिन, ‘एकै रातमा लाख १५ हजारभन्दा बढी पर्ने भैंसी गुमाउनु पर्यो ।’ भैंसीहरू किन मरे भन्ने बिषयमा नगरले अनुसन्धान अगाडि बढाउन सकिएको छैन । यदपि यो विषयमा नगरको कृषि शाखालाई ध्यानाकर्षण गराईसकेको किसानहरूले बताएका छन् । तर नगर पशु स्वास्थ्य शाखाले भैंसीहरू महामारीको कारण नभई कुनै खानामा विषादी भएको कारण मरेको हुन् सक्ने अनुमान गरेको छ ।

‘अहिलेसम्म कुनै त्यस्तो महामारीको लक्षण देखिएको छैन्,’ पशु स्वास्थ्य शाखाका अधिकृत मोहन खड्काले भने, ‘हामीलाई यो विषयमा किसानहरूले जानकारी गराएका थिए तर त्यस्तो माहामारी नै हो भन्ने हैन की खानामा विषादी अर्थात फुड पोइजन भएको हुन् सक्छ ।’ यद्दपी, थप अनुसन्धान भइरहेको उनले जनाए । वडाध्यक्ष पदम आलेमगरले पनि अहिले मरेका भैंसी रोग महामारीको कारण नभई अन्य कुनै कारणले मरेको हुन् सक्ने बताएका छन् । अहिले बर्दिवासको यो वडा नं.६ मात्र १५ सय भन्दा बढी भैंसी किसानहरूको गोठमा रहेको अनुमान गरिएको छ ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij