
नेपाल सम्वत् ११४५ सिल्लाथ्वः ५ ( २१ माघ , २०८१) फेब्रुअरी ३ , २०२५ , सोमबार, बाँपीझ्याला ।सिरियाका नवनियुक्त राष्ट्रपति अबु मोहम्मद अल जुलानी साउदी अरबको ऐतिहासिक भ्रमणमा रहेका छन् । यहाँ उनले साउदी अरबका युवराज मोहम्मद बिन सलमानलाई सुरूमा भेटेका थिए भने साउदी अरबले सिरियाली राष्ट्रपतिका लागि आफ्नो विशेष विमान उनका लागि पठाएको थियो ।
यो भ्रमणले सिरिया र साउदी अरबबीच बढ्दो राजनीतिक सम्बन्धलाई औँल्याउँछ। सिरियाको सरकारी टेलिभिजन सिरियन अरब न्युज एजेन्सी (साना) को रिपोर्ट अनुसार यो बैठक यमामा प्यालेसमा भएको थियो। डिसेम्बर ८ मा बसर अल–असद शासनको पतनपछि जुलानीको यो पहिलो औपचारिक विदेश भ्रमण हो।तर, गत साता जनवरी २९ सम्म उनी कार्यकारी सरकारको अध्यक्षमा निर्वाचित भएका थिएनन् । सो भेटघाट पछि साउदीले ६१ चिकित्सकको टोली दमास्कस पठाउने घोषणा गरेको छ ।

राष्ट्रपति बनेको दिन उनले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग भेट गरेका थिए । सिरियामा विद्रोहीले कब्जा जमाए पछि राष्ट्र प्रमुखको यो पहिलो विदेश भ्रमण हो । अहिले उनी साउदी अरब पुगेका छन्, जुन ठूलो विकास मानिएको छ । राजकुमार सलमानसँगको भेटपछि अल जुलानीले साउदी अरबले युद्धग्रस्त सिरियालाई सहयोग गर्न चाहेको बताए । ‘हामीले लामो भेट गरेका थियौं, जसमा हामीले सिरियाको भविष्य निर्माण गर्न सहयोग गर्ने वास्तविक इच्छा महसुस गरेका र सुन्यौं,’ उनले टेलिग्राममा एक विज्ञप्तिमा भने।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij