Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

चलचित्र ‘एक्टर: टेक वन’को नयाँ गीत ‘जिन्दगी रेल’ सार्वजनिक

चलचित्र ‘एक्टर: टेक वन’को नयाँ गीत ‘जिन्दगी रेल’ सार्वजनिक

नेपाल सम्वत् ११४५, सिलाथ्वः ५, पञ्चमी (२१ माघ, २०८१, ३ फ्रेवअरी, २०२५) सोमबार, बाँपीझ्याला । सफलताका साथ प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’को नयाँ गीत ‘जिन्दगी रेल’ सार्वजनिक भएको छ। आशुतोष उप्रेतीको आवाजमा रहेको यस गीतका शब्दहरू किरण थापा मगर र आशुतोष उप्रेतीले लेखेका हुन्।

गीतको सङ्गीत रोहित शाक्यले तयार पारेका छन्। किरण थापाले कोरियोग्राफी गरेका छन्। छायांकन नरेन्द्र मैनालीले गरेका छन् भने, सम्पादन निमेश श्रेष्ठले गरेका छन्। गीतमा एक कलाकारको सपना र त्यसको लागि गरेको संघर्ष पछि प्राप्त सफलतालाई दर्साइएको छ, जसमा अभिनेता प्रदिप खड्काको सफलता देखाइएको छ।

यस चलचित्रमा प्रदिप सहित आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ। चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन्।

यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार