
नेपाल सम्वत् ११४५, प्वहेलागाः चर्तुदशी (१५ माघ, २०८१, २८ जनवरी, २०२५) मंगलबार, बाँपीझ्याला, दोलखा । दोलखा मेलुङ गाउँपालिकामा कृषकलाई हाते ट्रयाक्टर वितरण गरिएको छ । किसानलाई कृषि पेसामा आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यले पालिका भित्रका सात वटै वडाका ३८ जना कृषकलाई खेतबारी जोत्ने हाते ट्याक्टर (मिनी टिलर) वितरण गरेको हो ।

मेलुङ गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपालको साझेदारीमा सामुदायिक विकास मञ्च सिडिएफ दोलखा द्वारा संचालित मेलुङ कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता परियोजना अन्तर्गत उपहार समूहमा छनौट भएका कृषकहरुलाई वितरण हाते ट्याक्टर वितरण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकरले सोमबार पवटीमा एक कार्यक्रमका बीच कृषकहरुलाई ट्याक्टर हस्तान्तरण गरेका हुन् । यसै गरी पालिकाको वडा नम्बर १ मा १० वटा, २ वडामा ४ वटा , ३ वडामा ५ वटा, ४ वडामा ६ वटा, ५ वडामा ४ वटा,६ वडामा ५ वटा र ७ वडामा ४ वटा गरी जम्मा ३८ जना कृषकहरुलाई ३८ वटा ट्याक्टर वितरण गरिने गाउँपालिकाकी उपाध्यक्ष गायत्री आचार्यले बताउनु भयो ।
त्यस्तै हस्तान्तरण कार्यक्रममा १ नम्बर वडा पवटीका वडा अध्यक्ष ईश्वर कोइराला, सिडएफ नेपाल दोलखाका अध्यक्ष राजु थापा, वडा सदस्य कमल बुढाथोकी, सामाजिक सहजकर्ता सरिता भुजेल लगायत व्यक्तित्वको उपस्थिति रहेको थियो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij