Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

भीमेश्वर नगरपालीका वडा नं. २ दोलखामा रक्तदान सम्पन्न

भीमेश्वर नगरपालीका वडा नं. २ दोलखामा रक्तदान सम्पन्न

हरि श्रेष्ठ, दोलखा
नेपाल सम्वत् ११४५, प्वहेलागाः अष्ठमी (९ माघ, २०८१, २२ जनवरी, २०२५) बुधबार, बाँपीझ्याला । नेपाल राष्ट्रिय क्षयरोग निवारण संस्था दोलखा शाखाको आयोजना र नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाको प्राविधिक सहयोगमा दोलखामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

भीमेश्वर नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष स्टालिन श्रेष्ठको प्रमुख आतिथ्यमा वडा कार्यालय भवनमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त रक्तदान कार्यक्रममा स्थानिय ३२ जना महानुभावहरुको उपस्थिति रहेको रहेको थियो । कार्यक्रममा १७ जना रक्तदाताहरुबाट रक्तदान गरिएको छ ।

जसमध्ये पुरुष १३ र महिला ४ जना रहेको थियोे ।यस कार्यक्रममा सहभागी भई सहयोग गर्नु हुन सम्पूर्ण सहयोगी रक्तदाताज्युहरुमा संस्थाको तर्फबाट अध्यक्ष हर्कबहादुर श्रेष्ठले हार्दिक आभार सहीत धन्यवाद व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार