
नेपाल सम्वत् ११४५ प्वहेलागाः ५.८ ( ६ माघ , २०८१) जनवरी १९, २०२५ , आइतबार, बाँपीझ्याला ।अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चिसोको पूर्वानुमानका कारण सोमबार क्यापिटल रोटुण्डाको बन्द ठाउँमा सपथ ग्रहण गर्ने भएका छन् । सन् १९८५ पछि पहिलो पटक अमेरिकी राष्ट्रपतिको सपथ ग्रहण समारोह घरभित्रै हुन लागेको हो । वासिङ्टनको तापक्रम सोमबार (जनवरी २०)मा माइनस १० डिग्री सेल्सियस पुग्ने अनुमान गरिएकाले सपथ बन्द कोठामा गर्न लागिएको हो ।
साथै १५० वर्षमा पहिलो पटक अमेरिकी राष्ट्रपतिको सपथ ग्रहण समारोहमा विदेशी नेता सहभागी हुने भएका छन् । डोनाल्ड ट्रम्पले चिसो मौसमका कारण क्यापिटल रोटुण्डामा सपथ ग्रहण समारोह आयोजना गर्न आदेश दिएको पुष्टि गरेका छन् । जानकारीका अनुसार राष्ट्रपतिको सम्बोधनका साथै अन्य भाषण अब भवन बाहिर नभई युएस क्यापिटलको रोटुण्डाभित्र हुनेछ । उद्घाटन परेड पनि लगभग १.६ किलोमिटर टाढा वाशिंगटनको क्यापिटल वन एरेनामा हुनेछ । पछिल्लो पटक सपथ ग्रहण समारोह पूर्व रिपब्लिकन राष्ट्रपति रोनाल्ड रेगनको दोस्रो कार्यकालको लागि घरभित्र नै आयोजित गरिएको थियो।

डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा आफूले सपथ ग्रहण समारोहलाई युएस क्यापिटल रोटुण्डाभित्र सार्न आदेश दिएको पनि बताएका छन् । उनले यस ऐतिहासिक कार्यक्रमलाई प्रत्यक्ष हेर्न र राष्ट्रपतिको परेड आयोजना गर्न सोमबार क्यापिटल वन एरिना खोल्ने बताए । ‘म मेरो शपथ ग्रहणपछि क्यापिटल वनमा भीडमा सामेल हुनेछु,’ उनले भनेका छन् ।
ट्रम्पले आफ्नो पोस्टमा भनेका छन् कि क्यापिटल वन एरिनामा आइतबार दिउँसो ३ बजेको लागि निर्धारित विजय र्यालीसहित अन्य सबै कार्यक्रमहरू उस्तै रहने छन्। यसै क्रममा प्रतिकुल मौसम र चिसो हावाका रण बन्द ठाउँमा सपथ ग्रहण समारोह आयोजना गर्ने विषयमा आयोजकमा छलफल भइरहेको व्यक्तिले नाम न छाप्ने सर्तमा बताए । उनले हरेक पटक सपथ ग्रहणका क्रममा प्रतिकुल मौसमी अवस्थामा वैकल्पिक रुपमा रोटुण्डा तयार राखिएको बताए । उनले ट्रम्पसँग छलफल गरेर सपथग्रहण समारोहको अन्तिम निर्णय संसदको संयुक्त समितिले गर्ने बताए ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij